साताको दोस्रो दिन सोमवार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रवार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २०० रुपैयाँले वृद्धि भएको छ । महासङ्घले सोमवारका लागि छापावाल सुनको मूल्य प्रति तोला ७१ हजार २०० रुपैयाँ निर्धारण गरेको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रति तोला २०० रुपैयाँले वृद्धि भई ७० हजार ९०० रुपैयाँ पुगेको छ ।
आज छापावाल सुन प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रति तोला ७० हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी ५ रुपैयाँले वृद्धि भई प्रति तोला ८४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।