धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार पुनः ओरालो लागेको छ । सोमवार दोहोरो अङ्कले उकालो लागेको बजारको वृद्धि आज भने कायम हुन सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ५.६१ विन्दुले घटेर एक हजार १३९.९६ विन्दुमा कायम भयो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.७३ विन्दुले घटेर २५१.५७ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकममा भने औसतमा नै रहेको छ । कूल १६१ कम्पनीको १० लाख ८२ हजार ८१५ कित्ता शेयर ३७ करोड ९८ लाख ४९ हजार ४३५ रुपैयाँमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये आज उत्पादन समूहको मात्रै शेयर बढेको छ । सो समूहको शेयर ९.१८ विन्दुले बढ्दा बैंकिङ ५.३१, होटल १३.०५, विकास बैंक १३.१८, जलविद्युत् ६.९२, वित्त ३.६८, निर्जीवन बीमा ५५.८९, अन्य ०.०६, लघुवित्त १०.९९, जीवन बीमा ५.२५ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ ।
उत्पादन समूहतर्फको हिमालयन डिस्टिलरीको सबैभन्दा बढी कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६ करोड ९७ लाख ४० हजार ३५८ रुपैयाँ बराबरको शेयर कारोबार भयो । यस्तै, एनएमबी बैंक ६ करोड ४५ लाख ५८ हजार ९०१, चिलिमे जलविद्युत् कम्पनी दुई करोड ५० लाख एक हजार ९४०, नबिल बैंक एक करोड ६० लाख ९८ हजार २५७, कुमारी बैंक लिमिटेडको संस्थापक शेयर एक करोड २५ लाख ४० हजार, प्रभु बैंक एक करोड सात लाख ४९ हजार ७९४ र एनसीसी बैंकको ९५ लाख १० हजार ६९४ रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार आज हिमालयन डिस्टिलरीको प्रति शेयर १२९ रुपैयाँले बढेको छ । कारोबारका आधारमा शीर्ष स्थानमा रहेको सो कम्पनीका शेयरधनीले आज ७.५४ प्रतिशतले कमाएका छन् । यस्तै, घोडाघोडी लघुवित्त ५.८३, सबैको लघुवित्त वित्तीय संस्था ५.२०, नेपाल इन्भेस्टमेन्ट बैंक ३.१५, युनिभर्सल पावर २.६३, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक १.९५ र गणपति माइक्रोफाइनान्सका शेयरधनीले १.६९ प्रतिशतले कमाए ।
त्यस्तै, जोशी हाइड्रो पावर ५.०८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ४.९९, नयाँ नेपाल लघुवित्त विकास बैंक ४.२८, विजय लघुवित्त वित्तीय संस्था ४.१३, आइएमई जनरल इन्सुरेन्स ४.०४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ४ प्रतिशतले गुमाएका छन् ।