लोकसंवाद संवाददाता | समाचार | कात्तिक २८, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भतृसंगठन राष्ट्रिय युवा संघ नेपालले ७५ जिल्लाका संयोजक र सहसंयोजक ताेकेर एकता प्रक्रिया टुंगो लगाएको जनाएकाे छ । देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम सार्वजिनक गरेकाे छ ।
२०७६ साल कात्तिक २७ गते बुधबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी नाम सार्वजिनक गरेकाे हाे । ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला संयाेजक र सहसंयाेजक पाएको छभने माओवादी केन्द्रनिकट साविक वाईसीएलले ३५ जिल्लाको संयाेजक र सहसंयाेजक पाएकाे छ। त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको जनाइएकाे छ।
यस प्रकार रहेको छ जिल्ला संयाेजक र सहसंयाेजकहरूकाे सूची