‘दर्शनावली’ भाग– ६ प्रतिष्ठानले बजारमा ल्यायाे

‘दर्शनावली’ भाग– ६ प्रतिष्ठानले बजारमा ल्यायाे

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर ०४, २०७६

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले वार्षिक रूपमा दर्शनशास्त्र सम्बन्धी प्रकाशित हुँदैआएको ग्रन्थ ‘दर्शनावली’को भाग–६ बजारमा ल्याएको छ ।

प्रत्येक विषय वा जीवन र जगत्लाई हेर्ने दृष्टिकोण नै दर्शन भएको हुनाले मानवजीवनका लागि गन्तव्य पहिल्याउन र लक्ष्यमा पुग्न दर्शनको अपरिहार्य भूमिका हुन्छ । यसै कुरालाई आत्मसात गर्दै  । प्रतिष्ठानको दर्शनशास्त्र विभागको संयोजनमा प्रकाशित हुने ‘दर्शनावली’मा विविध नेपाली दर्शनका बारेमा विद्वान्हरूले लेखेका महत्वपूर्ण लेखहरू समावेश गरी प्रकाशन गरेकाे  प्रतिष्ठानले जनाएकाे छ ।  

दर्शनशास्त्र विभागका प्रमुख एवम् सदस्य सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ र विष्णु प्रभातद्वारा सम्पादित उक्त ग्रन्थ ‘दर्शनावली’को भाग–६ मा नेपाली दर्शनको परिचय, संस्कार रूपान्तरणको आवश्यकता र चुनौती, दर्शन र शिक्षा, प्रकृतिपूजक बोन दर्शन, मानवतावादी दर्शनमा जयपृथ्वीबहादुर सिंहको योगदान, साङ्ख्य, वेदान्त, मीमांसा, वैशेषिक, न्याय, बौद्ध लगायत विभिन्न दर्शनसँग सम्बद्ध बिसओटा आलेखहरू समावेश गरिएको छ ।

३१२ पृष्ठको उक्त पुस्तकको मूल्य  ३३० रहेको छ । पुस्तक प्रज्ञाको पुस्तक प्रदर्शनीमा आकर्षक छुटका साथ विक्री भइरहेको पुस्तक प्रदर्शनी सहव्यवस्थापक महेश्वर थापा मगरले जानकारी दिनुभएकाे छ ।