मन्त्रिपरिषद् पुनर्गठनः ६ जना मन्त्री बर्खास्त, ६ जना नयाँ मन्त्री थपिए (राष्ट्रपति कार्यालयकाे विज्ञप्तिसहित)

२५ सदस्यीय मन्त्रिपरिषद्, २ उपप्रधानमन्त्री, १९ मन्त्री र ३ राज्यमन्त्री

मन्त्रिपरिषद् पुनर्गठनः ६ जना मन्त्री बर्खास्त, ६ जना नयाँ मन्त्री थपिए (राष्ट्रपति कार्यालयकाे विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ०५, २०७६

काठमाडौं  । लामाे बहस र छलफल पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ मंसिर ४ गते बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । उहाले ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त  गर्नु भएकाे छ भने ६ जना नयाँ मन्त्री थप्नु भएको छ ।

राष्ट्रपितकाे कार्यालयले ०७६ मंसिर ४ गते बुधबार साँझ जारी विज्ञप्ती अनुसार केहीको जिम्मेवारी हेरफेर समेत भएको छ ।  प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालयकाे ठाउँमा   नेकपा नेता भानुभक्त ढकाललाई दिनु भएको छ । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ भने  उपेन्द्र यादवलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ ।

विज्ञप्ती अनुसार  नयाँ थपिने मन्त्रीहरुमा  बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव  हुनुहुन्छ भने  तीन राज्यमन्त्रीमा माेतीलाल दुगड, नवराज रावत र  रामविर माननुधर नियुक्त हुनु भएकाे छ । 

 प्रधानमन्त्री केपी शर्मा ओलीले  बर्खास्त  गर्नु भएका मन्त्रीहरुमा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिला मन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव रहनु भएकाे छ । 

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराई,  वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमिव्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो। इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माकाे भने जिम्मेवारी   यथावत  राखिएकाे छ ।

यस्ता छ  राष्ट्रपितकाे कार्यालयकाे बिज्ञप्ती