अर्घाखाँची बस दुर्घटना : १८ को मृत्यु, घाइतेको उपचार हुँदै

अर्घाखाँची बस दुर्घटना : १८ को मृत्यु, घाइतेको उपचार हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १२, २०७६

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा भएको बस दुर्घटनामा मृतकको संख्या १८ पुगेको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले दुर्घटनामा १८ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा केही यात्रु घाइते भएका छन् । घाइतेको बुटवलका अस्पतालमा उपचार भइरहेको ब ताइएको छ ।

लु२ख २१४८ नम्बबरको बस हिजो बुधवार अपराह्न ४:२० मा सन्धिखर्क नगरपालिका- ६, नरपानीमा दुर्घटना भएको हो । बस सडकबाट करिब ४०० मिटर तल खसेको छ ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको उक्त दुर्घटनामा परेको बस पूर्ण क्षति भएको प्रहरीले जनाएको छ ।