बाबुहरि ज्ञवाली | जीवनदर्शन | फागुन ०८, २०७५
अन्ये च बहवः शूरा मदर्थे व्यक्तजीविताः ।
नानाशस्त्रपहरणाः सर्वे युद्धविशारदाः ।।९।।
भावार्थ – यस्ता अरू धेरै वीरहरू पनि छन् जो मेरा लागि आफनो जीवन उत्सर्ग गर्न तयार छन् । यी सबै अनेक प्रकारका हतियारहरूले सुसज्जित छन् र युद्धकलामा निपुण पनि छन् ।
विशिष्टार्थ – अन्ये च बहवः शूराः = शल्य कृतबर्मादि । (१) शल्य – कण्टक वा क्लेश । जुन रहनाले दुःख भोग्नु पर्छ, कर्मसंस्कार असल होस् या खराब, त्यो जीवको संसारवन्धनको कारण हो । अतः शल्य जीवको संस्कारज कर्म हो । क्रियायोग गरेर अन्तमा यो आकाश तत्वमा लय हुन्छ । अतः महाभारतमा युधिष्ठिरद्वारा शल्य वधको कुरा प्रकट भएको छ । (२) कृतवर्मा – शरीर प्रति मोह । शरीरको रक्षा गर्ने प्रवृति । युद्धविशारदाः – ती सबै वृत्तिहरू सत्कर्मको सिद्धिको पक्षमा कण्टक स्वरूप हुनाले जीवलाई संसार मार्गमा आबद्ध गरिराख्न समर्थ छन् अर्थात् तिनीहरू मध्ये कुनै एक पनि रहनाले जीवको निस्तार वा मुक्ति हुँदैन ।
अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् ।
दुर्योधन वासनावृत्ति रूप हो, द्रोण विषय बुद्धिरूप हुन् भने धृष्टद्युम्न चैतन्य ज्योति हो । धृष्टद्युम्न द्रोणका शिष्य हुन्, चैतन्य ज्योतिले बुद्धिद्वारा नै प्रकाश पाउँछ । परन्तु चैतन्य ज्योतिले प्रकाश पाउना साथ बुद्धिलाई लय गर्ने चेष्टा गर्दछ, तब साधकको मनमा वासना वृत्ति जागरूक भएर विषय बुद्धिलाई उत्तेजित गर्न भनिरहेको हुन्छ
पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् ।। १० ।।
भावार्थ – भीष्म पितामहद्वारा संरक्षित हाम्रो सैन्य बल अपरिमेय छ भने भीमद्वारा संरक्षित पाण्डवहरूको सैन्य बल सीमित छ ।
विशिष्टार्थ – दुर्योधन वासनावृत्ति रूप हो, द्रोण विषय बुद्धिरूप हुन् भने धृष्टद्युम्न चैतन्य ज्योति हो । धृष्टद्युम्न द्रोणका शिष्य हुन्, चैतन्य ज्योतिले बुद्धिद्वारा नै प्रकाश पाउँछ । परन्तु चैतन्य ज्योतिले प्रकाश पाउना साथ बुद्धिलाई लय गर्ने चेष्टा गर्दछ, तब साधकको मनमा वासना वृत्ति जागरूक भएर विषय बुद्धिलाई उत्तेजित गर्न भनिरहेको हुन्छ – बुद्धि तँ जसलाई प्रेम गर्दछस्, तँद्वारा नै जसको वृद्धि हुन्छ सोही चैतन्य ज्योति तँलाई नै नष्ट गर्न उद्यत छ । अब उसलाई अरू प्रश्रय नदिएर शीघ्र नै त्यसलाई विनष्ट गर । तथापि चैतन्य ज्योतिद्वारा उद्भासित ती युयुधान आदि वृत्ति समूह नै महारथी हुन् (यिनीहरूमा कामना तिर जाने मनलाई तानेर कामनालाई स्तम्भन गर्ने शक्ति हुन्छ) अर्थात् तीव्र वेगशाली, जस्तो– वायु तथा तेज जस्ता वेगवान, तथापि त्यो सबै केही पनि हैन, अस्मदादि पक्षको तुलनामा त्यो सबै अकिञ्चितकर हो, किन कि अस्मद् पक्षमा तपाई, भीष्म र कर्ण प्रभृतिका रहनाले हामी सबैमा क्षत्रिय बल र ब्रम्हबल दुवै नै विद्यमान छ । परन्तु ती सबैको मात्र क्षत्रिय बल रहनाले निस्तेज हुन्छन् । यति मात्र हैन हाम्रो सैन्य बल अपरिमित छ र भीष्म जो आभास चैतन्य हुनुहुन्छ जसको मृत्यु वा लय भन्न सकिन्न । उहाँ नै हाम्रो रक्षक हुनुहुन्छ । उनीहरूको दल परिमित छ, हाम्रो भन्दा धेरै कम छ, यसको रक्षक भीम अर्थात्् वायुतत्व त्यो सदा चंचल र अनिश्चित प्रतापको हुन्छ । तर यहाँ दुर्योधन (वासनावृत्ति) ले यसको वास्तविक संचालक कूटस्थ चैतन्य श्रीकृष्ण हुनुहुन्छ भन्ने कुरा बिर्सेको छ ।
यस युद्धमा भीष्मले कर्णलाई अर्धरथी भनेको हुनाले कर्ण (कर्तव्य कर्म) ले रिसाएर भीष्मले युद्ध गर्दासम्म मैले हतियार उठाउने छैन भन्ने प्रतिज्ञा गरेको हुँदा समरांगनमा कर्तव्य कर्मको अभाव नै दुर्योधनको भयको कारण बनेको छ । अतएव दुर्योधन भन्दछन् ।
अयनेषु च सर्वेषु यथाभागमवस्थिताः ।
भीष्ममेवाभिरक्षन्तु भवन्तः सर्व एव हि ।। ११ ।।
भावार्थ – तपाई सबै महारथीहरू आफूलाई खटाइएको मोर्चामा दृढ रहेर नै सबैतिरबाट भीष्मपितामहको रक्षा गर्नुहोस ।
विशिष्टार्थ – भीष्मको नै रक्षा गर्नुहोस भन्नुको तात्पर्य हो – चिदाभास अर्थात् देहात्माभिमानित वा अस्मिता सचेत रहेसम्म हजारौं ब्रम्हज्ञानको उपदेशले पनि जसरी होस् वा जुनवेला होस् वासनाजाललाई नष्ट गर्न सक्दैन । सर्वेषु अयनेषु – मूलाधारादि छ चक्र नै अयन अर्थात् योगपथ हो । प्रत्येक चक्रमा नै प्रवृत्ति र निवृत्ति दुवै पक्ष विद्यमान छन् । जस्तोः–
स्थान |
पाण्डव पक्ष |
कौरव पक्ष |
मूलाधार |
पृथ्वी (सहदेव) शम, |
काम (दुर्योधन) |
स्वाधिष्ठान |
अप् (नकुल) दम |
क्रोध (दु:शासन) र मृत्युभय (जयद्रथ) परस्पर सापेक्ष हुनाले दुबै संगै रहन्छन् । |
मणिपुर |
तेज (अर्जुन) तितिक्षा |
लोभ (कर्ण=कर्तव्य कर्म र विकर्ण अकर्तव्य कर्म) |
अनाहत |
भरुत् (भीम) उपरति |
मोह (शकुनि) = यिनैले मोह उत्पन्न गरेर कौरवहरूलाई द्यूत क्रियामा प्रवृत्त गराएका थिए) |
विशुद्ध |
त्योम (युधिष्ठिर) श्रद्धा |
मद (मदराज शल्य) |
आज्ञा |
कूटस्थ चैतन्य (श्रीकृष्ण) समाधान |
मत्सरता (भीष्म, द्रोण र कृप) |
शमादि बन्धु र कामादिरिपु जीव मात्रका कर्म फलका प्रकाशक हुन् । अतः अश्वत्थामी यी मूलाधारादि छ स्थानमा नै छन् ।
क्रमश ः