मंसिर १४ र १५ गते उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लगाइने

मंसिर १४ र १५ गते  उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लगाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १३, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको ट्राफिक व्यवस्थापनका लागि मंसिर १५ र २४ गते उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली लागू गरिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सागको ट्राफिक व्यवस्थापनका लागि प्रतियोगिताको उद्घाटन र समापनका दिन सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको हो।

महाशाखाका अनुसार मंसिर १५ गते बिजोर र २४ गते जोर नम्बर भएका सवारी साधन मात्र चल्न पाउनेछन्।

जोर बिजोरको गणना अन्तिम अंकबाट निर्धारण हुनेछ।

यो नियम सार्वजनिक र निजी सवारी साधनको हकमा लागू हुने महाशाखाले जनाएको छ।