जीत कार्की | साहित्य | मंसिर २१, २०७६
तिमीले घाम देखायाै, म अाएँ जून छाेडेर !
रुवायाै निर्दयी ! मेरै कलेजीमा चिमाेटेर !
सधैँ श्रद्धा गरेँ मैलै, सधैँ पूजा गरेँ मैले
हिँड्याै झन् त्रासदी छर्दै नमीठा गीत घाेकेर !
लगाई अाँतमा अागाे, जलाई अात्मसम्मान
डढी अाफँै कहाँ जाऊँ, खरानी-खार बाेकेर !
हिजाे अातङ्कले डस्दा, बगेथे रक्तका बाढी
पुरानाे दुश्मनी मेट्याै, नयाँ अादर्श अाेढेर !
कहाँ याे मूर्च्छनायात्रा, कहाँ ती स्वप्न-समृद्धि
खुसी सारा दिएँ भन्दै, लियाै सर्वस्व खाेसेर !
तिमी ठूला भयाै ज्ञानी, बुझ्याै वात्सल्यकाे मूल्य
र पाे मातृत्वकाे धारा, लुट्याै छाती निचाेरेर !
निशानी `जीत´काे भन्थ्याे, फुटेकाे प्रेमकाे ऐना
नधाेऊ रक्तका छिर्का, कहाँ मेटिन्छ धाेएर ?
बहर- हजज मुसम्मन सालिम