५० हजार रुपयाँ घुस रकमसहित दुई प्रहरी पक्राउ !

५० हजार रुपयाँ घुस रकमसहित दुई प्रहरी पक्राउ !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २५, २०७६

सर्लाही । ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रुपयाँ घुस रकमसहित  २०७६ मंसिर २४ गते मङ्गलबार पक्राउ गरेको  जनाइएकाे छ ।

भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्नमा सहज गरिदिने भनेर घुस लिएको अवस्थामा रङ्गेहात सिंह र यादवलाई पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ । सइ सिंहले प्रहरी जवान यादवलाई प्रयोग गरी घुसवापत सो रकम मागेको टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिवासस्थित कार्यालय लगिएको छ ।

उनीहरुलाई हिरासतमा लिएर बर्दिवास लैजाने क्रममा नेपाल–भारत सीमा नजिकै रहेको उक्त गाउँपालिका त्रिभुवननगरका केही स्थानीयवासीले अख्तियारको टोलीलाई अवरोध गर्दा अवस्था केहीबेर तनावग्रस्तसमेत भएको थियो ।