विभिन्न सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

विभिन्न सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २६, २०७६

काठमाडौं । मकवानपुर, बर्दिया, सुनसरी, नवलपरासी(पूर्व), दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । 


मकवानपुर । हटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ना.४२ प ७५०६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्रीहटौंडा उपमहानगरपालिका–५ चिसापानी डेरा गरी बस्ने पर्सा बिन्दबासिनी गाउँपालिका२ बहुअर्वाभाठा घर भएकी ४५ वर्षीया प्रमिला देवी पासवानको जिल्ला अस्पतालहेटौंडामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्सा पर्सागढी नगरपालिका–६ बस्ने ३० वर्षीय कन्चनठाकुरको सोही अस्पतालमा र मोटरसाइकलमा सवार चितवन भरतपुरमहानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगरको चुरेहिल अस्पताल हेटौंडामा उपचारभइरहेको छ । 

बर्दिया, बारबर्दिया नगरपालिका–१० बैधीस्थित सडकमा भे.१ च १२१६ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने राजेन्द्र थारुको छोरी ५  वर्षीया सामना थारुको मेडिकल कलेजकोहलपुर बाँकेमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको छ । साथै जिपको ठक्करबाट घाइते भएका पैदलयात्री बारबर्दिया नगरपालिका–१० बैधी बस्ने ७० वर्षीया रुकमणी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुनसरी, ईटहरी उपमहानगरपालिका–२० पानीपिया जंगलस्थित सडकमा को।२३ प ४०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटनाहुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम,थर,वतन नखुलेकाअन्दाजी ३९ वर्षीय पुरुषको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । 

यसैगरी सुनसरी, रामधुनी नगरपालिका–५ लगौना मोडस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी हाल नाम,थर,वतन नखुलेकी अन्दाजी  ४० वर्षीया महिलाको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

नवलपरासी(पूर्व),देवचुली नगरपालिका–२ दुम्कौलीस्थित सडकमा ग.१ ख ४७९८ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम,थर,वतननखुलेका अन्दाजी ४५ वर्षीय पुरुषकोबुधबार साँझ घटनास्थलमै मृत्युभएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

सिन्धुपाल्चोक,ईन्द्रावती गाउँपालिका–१२ ढोटारस्थित सडकमा बा.४ ख ६४२९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका भाङ्टार बस्ने ४७ वर्षीय पन्चबीर दनुवारको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।