लोकसंवाद संवाददाता | समाचार | मंसिर २७, २०७६
मकवानपुर । भीमफेदी गाउँपालिका–२ भैँसेबाट १० किलो २५० ग्राम लागूऔषध चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा, पचरौटा नगरपालिका–७ बस्ने अरविन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका–१ बस्ने सुल्तान मियाँ अन्सारी रहेका छन् ।
प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई भैँसेबाट पक्राउ गरेको हो।
भीमफेदीबाट हेटौंडातर्फ आइरहेको बा.४०प ७२४० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक पटेल र मोटरसाइकलमा सवार अन्सारीको साथबाट चरेस फेला परेपछि उनीहरूलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।