महेश पौड्याल | साहित्य | मंसिर २८, २०७६
अमेरिकी आदिवासी लेखिका लेस्ली मार्मोन सिल्को भन्छिन् ‘कथा नभएको समुदायसँग सुरक्षा कवच हुँदैन ।’ नेबेल विजेता लेखिका टोनी मोरिसनका लागि कथा हामीले हामीपछि आउने पुस्तालाई दिन सक्ने सबैभन्दा मूल्यवान् सम्पदा हो ।
युरोपेली सेनाको आक्रममणमा परेर सबथोक गुमाएका आदिवासी अमेरिकीहरू ब्लेक माउण्टेनबाट भाग्दा कथा मात्रै बोकेर भागेका थिए । तिनै कथा आना सन्तानलाई सुनाएर उनीहरूले आनो सभ्यता बचाए । कथाले हामीलाई हाम्रा अग्रजको पुरातन सभ्यता, संस्कार र समामथ्र्यको परिचय दिन्छ र हामी को हौँ अथवा को रहेँछौँ भन्ने कुराको परिचय दिन्छ । कथा अग्रज र कनिष्ठ पुस्तालाई जोड्ने सिर्जनाको सुन्दरतम पुल हो ।
त्यसैले कथाको उपादेयता को हो अथवा समाजमा कथाले के काम गर्छ भन्ने कुरा बहस गरिरहनुपर्ने विषय रहेन, बरु आजका मितिमा बहस कथाले समयसँगै अङ्गीकार गरेको स्वरूप र कथ्यको नवीनताका बारेमा हुन सक्छ । क्रमशः देखिँदै गरेको प्रयोगशीलताको प्रश्नमा हुन सक्छ । कथाले बजारलाई र समाजलाई कसरी स्पर्श गरिरहेको छ र आनै भविष्यका बारेमा कथाले के सङ्केत गरिरहेको छ भन्ने कुरामा हुन सक्छ ।
अचेल बजारमा सुनिन्छ– कथा विधालाई उपन्यासले नेपथ्यमा पारिदियो । कथा सङ्कटमा छ । यसको बजार खस्कियो । यो भनाइमा आंशिक सत्य छ र त्यसका केही कारणहरू छन् ।
म यहाँ केही फरक मतसहित उभिएको छु । कथा विधा सङ्कटमा छैन, र अतीतमा पनि थिएन । राजधानीतिर अवस्थित कुनै एक प्रकाशनगृहबाट एउटा उपन्यास कृति निस्कँदा देशभरका सानाठूला प्रकाशनगृहबाट, अखबारबाट वा आवधिक पत्रिकाबार हजारौँको सङ्ख्यामा कथाहरू निस्करहेका हुन्छन् । यिनीहरूको बिक्री, वितरण र पठकको गणना गर्ने प्रविधि हामीसँग छैन ।
केन्द्रबाट प्रकाशित एउटा भीमकाय उपन्यास देखिन्छ, देख्छौँ । देशभर निस्किरहने सयौँ कथा हामी देख्दैनौँ । यो आनो दृष्टिदोष पनि हो र गणना प्रक्रियाको त्रुटि पनि ।
कथा वाचन र लेखन नेपाली समुदायको नैसर्गिक स्वभाव हो । समग्र नेपाली समाजको सामूहिक अवचेतनको जगमा उभिएको कथा कहिल्यै सङ्कटमा छैन । कथा बिकिरहेका छन् तर युगको मस्तिष्कमा छाप बनाएर बसेका कथामा भने नयाँभन्दा पुराना नै बढी छन् । सयौँ कथाकारको सूचीमा आज पनि बीपी कोइराला, गुरुप्रसाद मैनाली, ईन्द्रबहादुर राई, भवानी भिक्षु, रमेश विकल, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल, मनु ब्राजाकी, माया ठकुरी, ध्रुव सापकोटा र कृष्ण धरावासी जस्ता केही कथाकार आज पनि पाठकको रोजाइमा हुनुहुन्छ नै ।
नयाँनयाँ आवरण र संस्करणमा उहाँहरूका कथा आज पनि सर्वाधिक बिक्रीको सूचीमा रहने गर्छन् । अनुवादमा गइरहेका छन् । अनुसंन्धानले स्पर्श गरी नै रहेको छ ।
हो, केही अलमलका कारण आजको कथाकार भने अपेक्षाकृत नेपथ्यमा परेको सत्य हो उपन्यासको बिक्री, चर्चा र विमर्शको तुलनामा । अतिशय प्रयोगवादबाट ग्रस्त अधिकांश कथाले पाठक नपाएको भने सत्य हो यद्यपि, यसमा पनि केही तर अत्यन्त थोरै अपवाद छन् ।
वैचारिक तटस्थता, शैलीगत विशिष्टता र आनो छुट्टै विश्वदृष्टिसहित आएका समकालीन कथाकार पनि पाठकको रोजाइमा छन् र बजारमा बिकिरहेका छन् । समाजको यति, गति र लयअनुरूपको साहित्य सिर्जना खासै नेपथ्यमा पर्दैन । तर, यी कुनै पनि मापदण्डमा खरो उत्रिन नसक्ने कथाकार भने सधैँ सङ्कटग्रस्त हुनु अवश्यम्भावी छ ।
कथा विधाको आयुलाई लिएर शङ्का वा शंसय पाल्नुपर्ने कुनै कारण छैन । कथा विधाका मानकहरूको कथायात्रा र जीवन्तता हेर्ने हो भने यस तर्कका साक्ष्यहरू त्यहाँ पाइन्छन् । यस पुज्य र कालातीत विधाको आधुनिक स्वरूपका थुप्रै मानकहरू समय र भूगोलको सीमा चिरेर आज साझा बन्न पुगेका छन् ।
एड्गार्ड एलन पो, ओ हेनरी र गाई दी मौपसा, गेब्रियल गार्सिया मार्खेज, बेन ओक्री र सद्दात हसन मन्तो, एलिस मुनरोको नामको आयु कसले तोक्ने ? भारतीय कथाकार प्रेमचन्द र रवीन्द्रनाथ ठाकुरका कथाको आयुको सीमा कुन हो ?
हामी यी विश्वप्रसिद्ध कथाकारहरूको नाम निकै जोडतोडका साथ लिन्छौँ । तर, यिनीहरू कुन विशिष्टताका कारण कालजयी हुन पुगे, त्यसमा खासै प्रवेश गर्दैनौँ । मलाई लाग्छ, उनीहरूले बोकेको ती विशिष्टता नै ती तत्त्वहरू हुन्, जुन नेपाली समकालीन कथाकारितामा छैन अथवा कम छ । त्यसै कारण समकालीन नेपाली कथा नेपथ्यमा परेको हुन सक्छ ।
उपन्यासको भारी भरकम र जोडतोडको प्रचार प्रसारको युगमा कथा यसै पनि पछाडि देखिन्छ । त्यसमा पनि कुनै विशिष्ट कलेवर दिएर ल्याइएन भने कथाले त्यस सङ्कटबाट गुज्रिरहनु सुनिश्चित छ ।
के थियो पो मार्खेज, ओक्री र मन्तोसँग ? किन जमिन् मुनरो ? कसरी पुनःपरिभाषित गरे उनीहरूले परंपरागत कथा लेखनलाई ? कहाँनिर छुट्टै देखियो उनीहरूको लेखन ? हो, यिनै प्रश्नहरूको उत्तर खोज्ने कोसिस यस लेखमा गर्नेछु । त्यसपछि म नेपाली कथाको परिवेशमा प्रवेश गर्नेछु ।
एडगार्ड एलान पोले परंपरित अमेरिकी कथालेखनमा कहिल्यै नदेखिएको नयाँ आयाम खडा गरे । उनको त्रास र वीभत्सतामा ग्रोटेस्क राइटिङ’ र ‘म्याकेबर राइटिङ’को नामबाट प्रख्यात डरको पृष्ठभूमिका आधारित मनोवैज्ञानिक कथाकारिताको पयार्य आजपर्यन्त भेटिएको छैन । टेलटेल हर्ट’, ‘द फल अफ द हाउस अफ असर’ आदि यस बान्कीका उनका प्रसिद्ध कथाहरू हुन् ।
कथामा उनले प्रयोग गरेको यस शैलीलाई उनले कवितामा पनि प्रयोग गरे र यसरी यस नयाँ प्रविधिका उन्नायक बन्न पुगे । उनै हुन्, जसले पछि विकसित भएको जासुसी कथाको जग बनाए । उनको कथा द मर्डर्स इन र रिउ मोर्ग’लाई पहिलो जासुसी कथा मानिन्छ ।
ओ हेनरी र मौपसाको आमान्य कुराभित्रको असामान्यता र आकस्मिकता विश्वलाई एउटा नयाँ पाठ भयो । चेखभमा देखिने समाजवाद र पुँजीवादको घर्षणमा पिसिएका आममान्छेका कथाव्यथा त्यतिको सुन्दरताका साथ कसैले पनि लेखेनन् । हेमिङ्वेले प्रकृति र सङ्कटका विरुद्ध एक्ला योद्धाहरूको जिजीविषा र सङ्घर्षलाई आख्यानीकरण गर्ने नयाँ परिपाटी विश्व साहित्यमा भित्र्याए ।
मार्खेज धेरैले नाम लिने गरेको तर थोरैले पर्गेलेर पढेका स्पेनी मूलका कोलम्बियाली लेखक हुन् । उनको कथाकारिताले जादूयी यथार्थवाद अर्थात् मेजिकल रियालिज्म जस्तो नवीन लेखनशैलीलाई विकसित गर्यो, जसबाट प्रभावित भएर ओक्टोभिया पाज र ओर्हान पामुख जस्ता लेखकहरूले दुर्लभ उचाइ प्राप्त गरे । यस विधिमा स्वाभाविक र सम्भव लाग्ने घटनालाई तिलस्मिक र असम्भव जस्तो देखाउने र असम्भव जस्ता लाग्ने घटनालाई समान्य जस्तो देखाउने गरिन्छ ।
मार्खेजको लेखन फगत एक अर्को कथाकारिता होइन । त्यो पश्चिमा हैकमले दबदबा बनाइरहेको आजको युगमा एक वैकल्पिक विश्वदृष्टिको सूत्रपात पनि हो । फ्रेङ्कफर्ट स्कुलका नवमाक्र्सवादी चिन्तकहरूले भन्ने गरेको रचनात्मक विनिर्मितीको सिद्धान्तको व्यावहारिक पक्ष भनेकै मार्खेज हुन् । उनको लेखनले पश्चिमी संरचनावादीहरूले निर्माण गरेका आख्यानको ज्यामितीलाई भत्काएर मौलिक शैलीको, दक्षिण अमेरिकी मोडललाई स्थापित गर्यो ।
बिपीको यौन मनोविज्ञान र राजनीति, मैनालीको ग्रामीण परिवेशका सूक्ष्म मनोदशा र सामाजिक यथार्थ, रमेश विकलको नेपाथ्यका मानिसहरूको चित्रण र सामाजिक विभेदको आख्यान, गोठालेको मनोवैज्ञानिक यथार्थवादी लेखन उनीहरूका विशिष्टता हुन्, जसका कारण नेपाली कथा परंपरामा उनीहरू शीर्षस्थ छन् ।
विगत, वर्तमान र भविष्यमाझ कुनै विभाजन रेखा नकोरिने उनको लेखनशैलीबाट प्रभावित अनेक लेखकहरू विश्वभर छरिएका छन् । वास्तवमा मार्खेज एउटा युग नै हुन् र गैरपश्चिमा मुलुकबाट उठेर विश्व हल्लाउने लेखकमध्येका एक हुन् ।
अफ्रिकी मूलका लेखक बेन ओक्री कथाका माध्यमबाट अफ्रिकी विश्वदृष्टिलाई सतहमा ल्याउने लेखक हुन् । उनले कविता, कथा र उपन्यासका माध्यमबाट सतहमा ल्याएको अश्वेत विश्वदृष्टि अगाडि सारे । पश्चिमा महाआख्यान र सङ्कथनहरूले वर्षौँ लगाएर निर्माण गरेको विभेदकारी र नश्लवादी दृष्टिकोणका विरुद्ध गैरपश्चिमा विश्वदृष्टिलाई उनले सतहमा ल्याएका हुन् ।
नाइजेरियाभर छरिएर बसेका ३०० भन्दा बढी उपाजातिका मिथक र लोककथाको सुवास उनका कथामा पाइन्छ । उनको कथाकारिता कथ्य परंपराको कलेवरमा कुँदिएको एक विशिष्ट कालीगडी हो । उनका युद्धको छायामा’ जस्ता प्रख्यात कथाहरू यस उक्तिका परिणति पनि हुन् ।
आफूले विरासतमा पाएको मौलिक सभ्यताको विशाल धरोहरको जगमा आनो चिन्तनको विशिष्ट धरातल निर्माण गर्न सक्नु कुनै पनि लेखकका लागि गम्भीर चुनौती हो र त्यस चुनौतीलाई ओक्रीले स्वीकार मात्रै गरेनन्, स्थापित पनि गरे ।
जहाँसम्म हद्दात सहन मन्तोको कुरा छ, भारतपाकिस्तान विभाजनलाई भित्रैबाट हेरेका उनी यस विभाजनको वीभत्सता र अमानवीयतालाई पूर्वाग्रहविहीन दृष्टिले, कठोर वस्तुताका साथ हेर्ने एक मात्र लेखक हुन् । त्यसैले हुनपर्छ, सल्मान रुस्दीले उनलाई ‘आधुनिक भारतीय कथाका निर्विवाद उन्ननयक’ भनेका छन् ।
विश्वमा अन्यन्त्र पनि द्वन्द्व र विभाजनहरू भए । ती पृष्ठभूमिमा पनि आख्यानहरू लेखिए तर तीमध्ये अधिकांश स्थितिमा लेखकले यो वा त्यो खेमाको पक्ष लिएको भेटिन्छ । नेपालमा पनि माओवादी द्वन्द्वका कथा हुन् वा रज्य र आमजनताको द्वन्द्वका कथा, लेखकले कुनै न कुनै खेमाको पक्ष लिएकै पाइन्छ । विभाजनमा पाकिस्तातर्फ पर्न पुगेका र आफैँले कठोर दुःख भोगेका मन्तो केवल मानवताको आँखाबाट यस्ता विभाजन र तिनीहरूको विसङ्गतिको इमान्दार चित्रणमा पारङ्गत छन् ।
लेखक अनिवार्यातः कुनै न कुनै विचाराधारा र दृष्टिविन्दुबाट दीक्षित हुन्छ र उसको लेखक त्यसैको कलेवरमा कुँदिएको हुन्छ भन्ने आमधारणालाई पनि चुनौती दिएर मन्तोले आफैँलाई एक विशिष्ट आख्यानकारको रूपमा स्थापित गरेका छन् ।
जाँजाजाँदै चर्चा एलिस मुनरोको । मनोवैज्ञानिक यथार्थवादको नजिक पुगेर लेखिएका मुनरोका कथाहरूमा प्रमुख पात्र नारी र किशोरीहरू रहने गर्छन् । सानासाना मनोवैज्ञानिक विषयवस्तुलाई यथार्थको परिधिबाट बुन्ने मुनरोको कथाकारितालाई कतिपयले रसियाली कथाकार चेखबसँग पनि दाँजेका छन् ।
वेस्ट ओन्तारियो नामक सानो शहरका वरिपरि बुनिएका उनका कथामा पात्रहरू बदलिँदो उमेर, समय र परिवेशसँग जुधिरहेका हुन्छन्, जसका कारण नयाँ द्वन्द्वहरू उत्पन्न भएर आइरहेका हुन्छन् र पात्रको मनस्थितिलाई प्रभावित पारिरहका हुन्छन् । उनका साहित्यको लोकप्रियता नै मान्नुपर्छ, मानिसहरू पश्चिम ओन्तारियोलाई मुनरोको शहर’ पनि भन्छन् ।
पात्रलाई चित्रण गर्ने र परिभाषित गर्ने उनको अभूतपूर्व कला हरेक कथामा देखिँदै जान्छ र उनको समग्र लेखन यस कुराको पुष्टि हो । उनका कथाहरू छुट्टाछुट्टै भएर पनि एउटा अदृश्य तादात्म्यको तारले जोडिएका हुन्छन् । ‘डान्स अफ हेप्पी स्टेट्स’लाई नै हेर्ने हो भने पनि पन्ध्रवटा कथाहरूको बीचमा एउटा क्रमिकता छ र तिनीहरू पश्चिम ओन्तारियोको एउटा सानो शहरको साँघुरो जिन्दगीका अभिव्यक्ति हुन् ।
उनका अधिकांश कथामा एउटी तरुनी किशोरीका कथा भेटिन्छन् । र, उनका सबै कथालाई जोड्ने भनेको दुईवटा विषयवस्तु भेटिन्छन्– एउटा। सानी बालिका, किशोरी वा तरुणी, जो आफैँमा उसको उमेरभन्दा बढी वयस्क छे र प्रौढहरूको संसारलाई बुने प्रयास गरिरहेकी छे । दोस्रो, त्यस सानो शरहको सामाजिक परिधिभन्दा बाहिर रहेको कुनै चरित्रको दिनचर्या । युवतीहरूको मनोदशालाई अभिव्यक्त गर्ने यस कलालाई समालोचक रोजाली मर्फी बलमे अर्की केनेडियाली लेखिका मार्गरेट रलेन्ससँग पनि तुलना गरेकी छन् ।
मुनरोका अधिकांश कथाहरू सिधै घटनामा प्रवेश गर्छन् । पृष्ठभूमिको कुनै जानकारी गराइएको हुँदैन । पात्रहरूको पनि त्यस्तो पृष्ठभूमि र चित्रण गरिएको हुँदैन । हुनत प्रख्यात कथाकार केथेरिन मेन्सफिल्ड जस्ता लेखकले पहिले नै प्रयोगमा ल्याएको शैली हो यो तर मुनरोले यसलाई सचेततापूर्वक सफल ढंगले प्रयोग गरिन् र आनो निजत्व यसै शैलीको विलक्षण प्रयोगमार्फत् स्थापित गरिन् । आज त कथालेखनको यो एउटा लोकप्रिय शैली नै बनिसकेको छ ।
मुनरोका कथाभित्रको कथावाचक आनो परिवेशको सधैँ अधुरो र अस्पष्ट चित्रण मात्र प्रस्तुत गरिरहेको हुन्छ, जसबाट जुन पाठकले पढे पनि यी अस्पष्टताले उसलाई कतै यो परिवेश उसैको पो हो कि भन्ने अनुभूति दिइरहन्छ र पाठक कथासँगै हेलिन पुग्छ ।
उनका किशोर पात्रहरूको मनोदशा निकै अस्पष्ट भएर आइदिन्छ र लाग्छ, ऊ वयस्कहरूको संसारसँगको साक्षात्कारले अल्मलिएको हो कि कुनै वयस्कले आनो किशोर वयका अनुभूतिहरूलाई सम्झेर अन्यमनष्क भएको हो ? यो अवस्थामा किशोर होस् या प्रौढ, दुवैथरी पाठकले मुनरोका पात्रको अल्मलमा आनै जीवनका अल्मलहरू चित्रित भएको पाउँछ ।
यसरी नियोजित रूपमा कथाक्रममा क्रमभङ्गताको अविष्कारद्वारा पात्रको मनोद्वेगलाई लगेर पाठकको सम्भावित या अनुमानित मनोद्वेगसँग जोड्ने मुनरोको कला विलक्षण रहेको छ ।
यसरी कथाकारका रूपमा विश्वकै लागि मानक बनेका यी कथाकारहरूसँग विशिष्ट केही छ, जो अरूमा छैन । यस सूचीमा हामी रवीन्द्रनाथ ठाकुर, मौपसा, ओ. हेनरी, नेथेनियल हाउथ्रोन र चिनुवा अचेबेलाई पनि जोड्न सक्छौँ । उनीहरूले एकपछि एक आख्यानहरूमा आनो एक छुट्टै शैली र विश्वदृष्टिलाई विकसित गरे र एक वैकल्पिक तर्कको रूपमा सतहमा ल्याएर स्थापित पनि गराए ।
कथाको निर्मितिमै प्रयोग गरेर नयाँ संरचनामा कथा लेख्ने कथाकार भने नेपालमा साह्रै थोरै छन् । ध्रुवचन्द्र गौतमको विसङ्गतिवादी लेखन र त्यसका लागि उनले प्रयोग गरेको कथाशिल्पले एउटा नयाँ रोडम्याप दिएको हो । तर, उनका कथाभन्दा उपन्यासको बढी चर्चा भयो ।
उनीहरूका आख्यानहरूका बीच त्यस विश्वदृष्टिमा कुनै विरोधाभास छैन । उनीहरूले आनो वैचारिक स्पष्टताको जगमा उभिएर कथा लेखे र विश्वसँग सम्वाद गरिरहे । परंपरित र स्थापित मन्यता, कौशल र शैलीभन्दा फरक, आनै लागि उनीहरूले सिर्जनाको एक छुट्टै आकाश निर्माण गरे । त्यसैले त उनीहरू जीवन्त छन् ।
नेपाली कथाको वर्तमान र भविष्यको हकमा यी मूल्याङ्कनहरू महत्त्वपूर्ण मार्गदर्शक हुन सक्छन् । बिपीको यौन मनोविज्ञान र राजनीति, मैनालीको ग्रामीण परिवेशका सूक्ष्म मनोदशा र सामाजिक यथार्थ, रमेश विकलको नेपाथ्यका मानिसहरूको चित्रण र सामाजिक विभेदको आख्यान, गोठालेको मनोवैज्ञानिक यथार्थवादी लेखन उनीहरूका विशिष्टता हुन्, जसका कारण नेपाली कथा परंपरामा उनीहरू शीर्षस्थ छन् ।
त्यस पुस्तापछि पनि कथाकारितामा विशिष्ट पहिचानका साथ आएका कथाकारहरू मनु ब्राजाकी, माया ठकुरी, हरिहर खनाल, ध्रुव सापकोटा, नारायण ढकाल, कृष्ण धरावासी, नयनराज पाण्डे, महेशविक्रम शाह, अमर न्यौपाने, आन्विका गिरी र कुमार नगरकोटीहरूले नेपाली पाठकहरूलाई शैलीगत विशिष्टता स्थापित हुने यथेष्ठ आश्वासन दिएका छन् र उनीहरू बिक्ने गरेका कथाकार पनि हुन् ।
पाठकहरू माया ठकुरीलाई निजी अनुभूतिको सम्यक आख्यानीकरण र मान्छेको भित्री संसारको कलात्मक उद्घाटनका लागि सम्झिरहन्छन् भने भागीरथी श्रष्ेठका कथा समतामूलक समाजको निर्माणका लागि निजी प्रयासहरूका आख्यानीकरण हुन् । नारायण ढकालका कथामा काँठ मानोविज्ञान र व्यवस्थाले झट्कारेर नेपथ्यमा धकेलिएका पात्रका माध्यमबाट इतिहास र वर्तमानको विघटन पाइन्छ भने, नयनराज पाण्डेका कथामा सिमाना रहेको भूगोल र जातिभित्रको संवेदनशीलता र न्यायको प्रश्न आख्यानको स्वरूपमा मुखरित भएर आएको पाइन्छ ।
कथाकार एलबी क्षेत्रीका कथा लैङ्गिकताको प्रश्नभित्रको सैद्धान्तिक जटिलता र मानवमानवबीचको सम्बन्धको सेतुभित्र विद्यमान विरोधाभासहरूको निर्भीक उद्घाटनको जगमा उभिएका प्रयोगशील कथा हुन् । यी र यस्ता स्मरणयोग्य कथाहरू आधुनिक नेपाली कथाका प्राप्ति हुन् ।
तर, कथाको निर्मितिमै प्रयोग गरेर नयाँ संरचनामा कथा लेख्ने कथाकार भने नेपालमा साह्रै थोरै छन् । ध्रुवचन्द्र गौतमको विसङ्गतिवादी लेखन र त्यसका लागि उनले प्रयोग गरेको कथाशिल्पले एउटा नयाँ रोडम्याप दिएको हो । तर, उनका कथाभन्दा उपन्यासको बढी चर्चा भयो ।
हामीले समालोचक भनेर एकातिर कित्ताकाट गरेर छाडिदिएका मोहनराज शर्माको उत्तराधुनिक कथाशिल्प नेपालको सन्दर्भमा अद्वितीय छ । उनले यथार्थ र अतियथार्थको मिश्रणबाट जुन प्रकारको जादूयी प्रभावको सफल प्रयोग कथामा गरे, त्यो आफैँमा एक प्राप्ति हो । विषय र स्वरूप दुवैमा नयाँपन दिन सक्ने एक सशक्त कथाकार रोशन थापा नीरव हुन्, जसको कथाकारितामा विश्वमा नवीनतम शैलीहरूको ज्ञान पनि परिलक्षित हुन्छ । तर, हल्लाको समयमा उनी नेपथ्यमा कतै हराइरहेका हुन्छन् ।
मोहनराज शर्माका कथा संरचनामै नयाँपन बोकेर आएका हुन् । कुमार नगरकोटीले कथामा गरेको प्रयोग आफैँमा एउटा आन्दोलन हो । केही न केही नयाँपनको आविष्कारका लागि यी कथाकार सदैव पढिनेछन् । कथैका लागि त सबै कथाकार पढिने नै भए ।
अन्य कथाकारहरूले पनि आफूभित्र एउटा छुट्टै शैलीगत विशिष्टता, मौलिक भावभूमि र स्पष्ट विश्वदृष्टि खोज्नुपर्छ, जो अरूसँग छासमिस नहोस् र जो आफैँभित्र विरोधाभासपूर्ण पनि नहोस् । अनुभव भन्छ, नेपालमा अपवादबाहेक, संरचनात्मक हिसाबले धेरै प्रयोगवादी आख्यान खासै जम्दैनन् । त्यसैले नयाँपन विषयवस्तुमै खोजिनुपर्छ भन्ने मेरो अभिमत छ ।
ती केही कुरालाई ध्यानमा राख्दै, मौलिक नेपाली अनुभव, स्थानीय ज्ञानकोष र नवीन विश्वदृष्टिका साथ आउने कथाको भविष्य उज्ज्वल देखिन्छ ।