लोकसंवाद संवाददाता | समाचार | पुस ०२, २०७६
बर्दिया । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका–५ स्थित वडा कार्यालयको प्राङ्गणमा मंगलबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा ‘शितलहरबाट बचौं र बचाऔं’ भन्ने बिषयमा अडियो तथा जिगंल समेत सुनाइएको थियो ।
गुलरिया नगरपालिका५ का वडा अध्यक्ष तथा समुदाय प्रहरी वडा समितिका संयोजक सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, माईती नेपालका प्रतिनिधि, स्थानीय भद्रभलादमी, बुद्धिजिवि तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।