काठमाडौं उपत्यकाको तापक्रम २.९ मा झरयाे, जुम्लापछि कै बढी चिसो

काठमाडौं उपत्यकाको तापक्रम २.९ मा झरयाे, जुम्लापछि कै बढी चिसो

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ०९, २०७६

काठमाडौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । बुधबार बिहान मौसम विज्ञान विभागले गरेको मापनमा  जुम्लापछिकै सबैभन्दा कम तापक्रम आज काठमाडौंमा रहेको छ । 

बुधबार बिहान ८ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । त्यही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ रहेको छ ।
उहाँका अनुसार, बुधबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ३ डिग्री रहेको र त्यसको केही समयपछि बिहान ८ः४५ मा मापन गर्दा अझै घटेर २.९ सेन्टिग्रेडमा पुगेको थियो ।

यसवर्ष मापन भएको काठमाडौंको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो ।

मौसमविद्का अनुसार, काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने सम्भावना देखिएको छ ।