२५ वर्षपछि पक्राउ !

२५ वर्षपछि पक्राउ !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस १०, २०७६

बारा । लकडी चोरी मुद्दाका फरार प्रतिवादी कोल्हवी नगरपालिका–३ बस्ने गौरी शंकर चौधरीलाई घटनाको २५ वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।
 
तत्कालीन पुनरावेदन अदालत हेटौंडाको २०५० फाल्गुन १९ गतेको फैसलाले लकडी चोरी मुद्दामा २ महिना कैद र ९ सय २३ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

चौधरीलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालयवीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।