लोकसंवाद संवाददाता | समाचार | पुस १०, २०७६
धनुषा । बुहारीलाई खुकुरी प्राहर गरी हत्या गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका–२१ कुर्था बस्ने श्रीप्रसाद पंजियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मिथिला नगरपालिका–९ बडहरी रेडक्रस पछाडी आँपको बगैचामा श्रीप्रसादले ती ४० वर्षीया रानी देवी पंजियारलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानी देवी पंजियारको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।