लोकसंवाद संवाददाता | समाचार | पुस १०, २०७६
काभ्रे । धुलिखेल नगरपालिका–६ स्थित धुलिखेलअस्पतालको नर्सिङ होस्टेल पछाडीबाट अपरिचित व्यक्तिहरुले डलर साट्ने बहानामा रुकुम मुसिकोट नगरपालिका–२ खलङगा बस्ने ३० वर्षीय एक पुरूषको साथबाट नगद १५ लाख रुपैयाँ बुधबार दिउँसो ठगी गरी फरार भएकाे खबर नेपाल प्रहरीले दिएकाे छ ।
हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित २ जना व्यक्तिहरुले डलर साट्ने बहानामा उनको साथबाट उक्त नगद लिई फरार भएको बताइएको छ ।
फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।