स्रोत नखुलेको भन्दै नेपाली ४ लाख सहित ३ जना पक्राउ

स्रोत नखुलेको भन्दै   नेपाली  ४ लाख सहित ३ जना  पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ११, २०७६

पर्सा । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नेपाली नगद ४ लाख रुपैयाँ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा भारत पूर्बी चम्पारण रक्सौल–१० बस्ने ४४ वर्षीय सुशिल कुमार शर्मा र सोही ठाउँ बस्ने सरोजनी कुमारी र वीरगंज महानगरपालिका–१०आदर्शनगरस्थित आकृति कस्मेटिक पसलका संचालक ५४ वर्षीय राज कुमार अग्रवाल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.२९ प ८५९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार सुशिल र सरोजनीलाई उक्त रकम सहित फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले हुण्डी कारोवारका लागि उक्त रकम राज कुमारलाई दिनका लागि ल्याएको बताएपछि राज कुमारलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।