लोकसंवाद संवाददाता | समाचार | पुस ११, २०७६
झापा । आफ्नै २८ वर्षीया श्रीमती तारामई हेमरनलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिवादको कारण मुर्मुले आफ्नै श्रीमतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिवगंज र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । छुरा प्रहारबाट गम्भिर घाइते भएकी तारामई हेमरनको प्राथमिक स्वास्थ्य केन्द्र शिबगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।