लोकसंवाद संवाददाता | समाचार | पुस १३, २०७६
काठमाडाैँ । पत्रकार, लेखक राजकुमार दिक्पालको पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’ २०७६ पुस १२ गते शनिबार एक समाराेहबिच लोकार्पण गरिएकाे छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइँला)काे प्रमुख अतिथ्यमा भएकाे समाराेहमा प्रमुख अतिथ्य नेम्वाङ, लेखककी आमा चन्द्रमाया मुदेनछोङ साँवा, डा .कृष्ण भट्टचन, प्राज्ञ इतिहासकार दिनेशराज पन्त, डा चैतन्य सुब्बा लगायत अतिथिहरूबाट पुस्तकको सामूहिक रुपमा लोकार्पण भएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले हरेक आदिवासीकाे विद्राेहकाे बारेमा जानकारी लिनकाे लागि यो पुस्तक उदाहरणीय काम भएको बताउनु भयाे । हरेक आदिवासीका आआफ्नै इतिहास भएको र यसको खोजी ढिलो भइसकेको काइँलाकाे ठहर थियाे ।
लोकार्पण भएकाे पुस्तकबारे सिमक्षाट्टमक टिप्पणी गर्दै डा .कृष्ण भट्टचनले नेपालमा आदिवासी विद्रोहका इतिहासकाे बारेमा किताव पहिलाे भएकाे बताउँदै लेखकले सम्पूर्ण आदिवासी समुदायका लागि गुन लगाउनु भएकाे थियाे ।
समारोहमा प्राज्ञ इतिहासकार दिनेशराज पन्त, डा चैतन्य सुब्बा, मञ्जरी प्रकाशनका अध्यक्ष लक्ष्मण गाम्नागे लगायत वक्ताले पुस्तकको प्रशंसा गर्दै यो कर्म आदिवासी विद्रोह इतिहासबारे लेखनको शुरुवात भएको र पूरा गर्ने काम सबैको जिम्ममा रहेकाे बताउनु भएकाे िथयाे ।
नेपाल वाङ्मय परिषद् र मञ्जरी प्रकाशनद्वारा आयोजित समारोहमा पत्रकार तथा लेखक दिक्पालले आदिवासी विद्रोहको गर्विलो इतिहासलाई केलाउने आफ्नो सानो प्रयत्नले आदिवासी समुदाय र भावी पुस्तालाई समेत प्रेरित गर्न सके आफु केही हसदसम्म सफल हुने अपेक्षा समेत राख्ननु भएकाे थियाे ।