शेखर ढुङ्गेल | साहित्य | माघ ०४, २०७६
जिन्दगी त्यति सहजै कहाँ बित्छ र !
कति हण्डर कति पिडाका जङ्घार तर्नुपर्छ
धेरै आँसु थोरै हाँसो रित्याउनुपर्छ
काँडामाथि पाउ राखी लामो दूरी पार गर्नु छ
जिन्दगी त्यति सहजै कहाँ बित्छ र !
कति जून समात्ने सपनाहरू देख्नु छ
कति मन हँसाउने कल्पना गर्नु छ
टुट्छ सपना फुटछन् कल्पनाहरू
सम्झौता गरेर बिष पिएर बाँच्नुपर्छ
जिन्दगी त्यति सहजै कहाँ बित्छ र !
कहिले होसमा कहिले बेहोसमा रापमा जल्नुपर्छ
जलाएर आफैँलाई माया र खुसी खोज्नु पर्छ
ताउबाट उम्केर पुग्दैन भुङ्ग्रोमाथि हाँसेर नाच्नुपर्छ
जिन्दगी त्यति सहजै कहाँ बित्छ र !