आत्मच्युत चंचल मनलाई परित्याग गरी वशमा राख्ने उपाय

आत्मच्युत  चंचल मनलाई   परित्याग गरी वशमा राख्ने उपाय

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  माघ ०४, २०७६

संकल्प प्रभवान् कामांस्त्यवत्वा सर्वानशेषतः ।
मनसैवेन्द्रियंग्रामं विनियम्य समन्ततः ।। २४ ।।

अन्वय र अर्थ – संकल्प प्रभवान् = संकल्पद्वारा उत्पन्न, सवार्न् = समस्त, कामान् = कामनाहरूलाई, अशेषतः = लेशमात्र पनि शेष नराखिकन, त्यक्त्वा = त्याग गरेर, मनसा एव = मनद्वारा नै, इन्द्रियग्रामं = इन्द्रिय समूहलाई, समन्ततः = सबै तिरबाट, विनियम्य = रोकेर (संयम गरेर), (योगो योक्तव्यं = योगाभ्यास गर्नु पर्छ) ।

भावार्थ – संकल्पद्वारा उत्पन्न समस्त कामनाहरूलाई निःशेष रूपलेत्याग गरेर तथा मनद्वारा नै इन्द्रियहरूलाई सबैतिरबाट हटाएर योगाभ्यास गर्नु पर्छ ।

विशिष्टार्थ – जुन नियम  अनुसार योग अभ्यास   गर्नु पर्छ यस श्लोकमा त्यही बताइएको छ । यथा नियममा आसनमा बसेर विषय चिन्ता र प्राप्तिको इच्छा मात्रलाई पनि पूर्णरूपले परित्याग गरेर मनलाई कूटस्थमा नियुक्त गर्नाले नै इन्द्रिय समूह स्वतः नियमित हुन्छन् । किन कि सबै इन्द्रियहरू मनको अनुगमन गर्दछन् । अतः मन जुन जुन विषयमा जान्छ, तत् तत् विषय भोग गर्ने इन्द्रिय पनि तत्क्षणात् क्रियामुख हुन्छ । किन्तु मन यदि विषय त्याग गरेर अविषयमा अर्थात् आत्मतत्वमा संलग्न हुन्छ भने इन्द्रियहरू विषयलाई अवलम्बन स्वरूप नपाएर सर्व विषबाट निवृत्त र निष्क्रिय हुन्छन् । मनद्वारा मन मनै इन्द्रिय निग्रह गर्नु नै इन्द्रिय निग्रहको एक मात्र उपाय हो, अरू उपायबाट हुँदैन, मिथ्याचारी हुनु पर्दछ ।

    शनैः शनै रूपरमेद् बुद्धथा धृतिगृहीतया ।
    आत्मसंस्थं मनः कृत्वा न किञ्चिदपि चिन्तयेत् ।। २५ ।।

अन्वय र अर्थ – (योेगी) धृतिगृहीतया = धैर्यले युक्त भएको, बुद्धथा = बुद्धिद्वारा, शनैः शनैः = विस्तारै विस्तारै, उपरमेत् = विषय भोगबाट (अध्यास क्रमले) निवृत्ति लिओस्, मनः = मनलाइर्, आत्मसंस्थं = आत्मामा स्थापन, कृत्वा = गरेर, किञ्चिदपि = अरू कुनै वस्तु पनि, न चिन्तयेत् = चिन्ता नगरोस् ।

स्मृति संस्कारले मनमा शब्दादिकुनै एक विषयलाई जगाइदिएर जसै मनलाई आत्मच्युत गर्दछ अनि मात्र त्यो थाहा हुन्छ । तब बैराग्य भावनाले तिनै तिनै विषयको स्वरूप (असारत्व)को दर्शन गरेर त्यताबाट मनलाई फेरि आत्मामा नै घुमाएर वशमा राख्नु पर्छ । यसरी नै बारंबार गर्दै गर्दै जाँदा स्मृति संस्कार निस्तेज हुन्छ, मनले पनि चंचल भाव त्याग गरेर स्थिरत्व लाभ गर्दछ ।


विशिष्टार्थ – धैर्यका साथ बुद्धिद्वारा अर्थात् गुरूपदिष्ट विधान अनुसार क्रिया हुन्छ या हुँदैन, अनुक्षण (हमेसा) त्यसमा सतर्क रहेर, अति विस्तारै विस्तारै मनलाई विषयबाट निवृत्त गर्नु पर्दछ । विस्तारै विस्तारैको अर्थ हो छिटो छिटो नगरेर क्रम अनुसार एक चक्रबाट अर्को चक्रमा, त्यहाँबाट अरू एक चक्रमा यस रीतिले प्राणलाई ऊध्र्वमा लगेर धारण गर्नु पर्छ, किन कि प्राण नै मनको नियन्ता हो । प्राणको चंचलता स्थिरतादि अवस्था भेदले मनको पनि तद्रूप अवस्था प्राप्ति हुन्छ । प्राणलाई पहिले नै अतिवेगले ऊध्र्वमा चालन गर्नाले योग हुँदैन, रोग हुने डरहुन्छ । किन कि क्रिया विहीन साधारण अवस्थामा नाडी पथ समूह अनिष्ट वायु र श्लेष्माले रुद्ध रहन्छ, अतः प्राण वायुलाई पहिले नै वेगका साथ ऊध्र्वमा प्रेरणा गर्दा त्यस वायुले पूर्ण वेगले आएर त्यो रुद्धपथमाधक्का दिन्छ, परन्तु त्यस धक्काले पथ परिस्कार न भैदिंदा नाडी चक्र समूह क्षुब्ध र विपर्यस्त (विपरित) भैदिन्छ र उल्टी हुन थाल्छ । अतः विस्तारै विस्तारै उठ्ने शिक्षा दिइएको हो ।भावार्थ – योगी धैर्ययुक्त बुद्धिद्वारा विस्तारै विस्तारै अभ्यास क्रमले विषय भोगबाट निवृति लिओस्, मनलाई आत्मामा राम्ररी स्थापन गरेर अरू कुनै पनि चिन्ता नगरोस् ।

प्रथमतः स्वभावको वशमा रहेर वायुलाई विस्तारै विस्तारै कौशलक्रम अनुसार उठाएर, यथा नियममा श्वास प्रश्वास चालनद्वारा मूलाधारादि चक्र क्रममा वायुलाई भित्रै संयत गर्नु पर्दछ । यसरी गर्दा भित्र एक तेजको संचार हुन्छ । जसमा नाडीपथ सबै परिस्कार हुन्छन् र त्यो संयत वायु सोही सोही पथमा प्रवेश गरेर शरीरलाई वायुले परिपूर्ण गर्दछ, वायुको आलोडन पनि हराउँछ, प्राण धीर सूक्ष्म प्रवाहद्वारा ब्रम्हनाडीमा वगिरहन्छ, मनमा उपरति प्राप्त हुन्छ अर्थात् विषयमुखी वृत्तिलाई छोडेर चंचलतालाई परित्याग गर्दछ । त्यसै वेला मनलाई  'आत्मसंस्थ' अर्थात् आत्मामाम कूटस्थ तारक ब्रम्हमा सम्यक प्रकारले स्थिर गर्नु हो । लक्ष्य प्रवाह त्यसैमा प्रवेश गर्नु पर्दछ, कुनै प्रकारको चिन्ता गर्नु हुँदैन । यस अवस्थामा किन्तु स्मृति संस्कार अति सूक्ष्माकार बनेर अज्ञातभावले आएर मनलाई आक्रमण गरेर विच्युत गर्ने चेष्टा गर्दछ, कृतकार्य पनि हुन्छ । त्यसमा निष्कृति पाउने उपाय श्रीकृष्ण भगवानले आउने श्लोकमा उपदेश गर्नु भएको छ ।

    यतो यो निश्चरति मन श्चंचलमस्थिरम् ।
    तत स्ततो नियम्यैतदात्मन्येव वशं नयेत् ।। २६ ।।

अन्वय र अर्थ – चंचलं = अत्यन्त चंचल, अस्तिरं = अस्थिर, मनः = मन, यतः यतः = जुन जुन शत्वादि विषयको कारणबाट, निश्चरति = विचलित हुन्छ (बाहिर जान्छ), ततः ततः = तिनै तिनै शब्दादि विषयरूप निमित्तबाट, एतत् = यस मनलाई, नियम्य = रोकेर, आत्मनि = आत्मामा, एव = नै, वशं = स्थिर (निरोध) नयेत् = गरोस् ।

भावार्थ – चंचल र अस्थिर मन जुन जुन कारणबाट बहिर जान्छ तिनै तिनै कारणबाट त्यस मनलाई घुमाएर आत्मामा नै ल्याएर वशमा राखोस् ।

विशिष्टार्थ – स्मृति संस्कारले मनमा शब्दादिकुनै एक विषयलाई जगाइदिएर जसै मनलाई आत्मच्युत गर्दछ अनि मात्र त्यो थाहा हुन्छ । तब बैराग्य भावनाले तिनै तिनै विषयको स्वरूप (असारत्व)को दर्शन गरेर त्यताबाट मनलाई फेरि आत्मामा नै घुमाएर वशमा राख्नु पर्छ । यसरी नै बारंबार गर्दै गर्दै जाँदा स्मृति संस्कार निस्तेज हुन्छ, मनले पनि चंचल भाव त्याग गरेर स्थिरत्व लाभ गर्दछ ।

    प्रशान्तमनसं ह्येनं योगिनं सुखमुत्तमम् ।
    उपैति शान्तरजसं ब्रम्हभूतमकल्मषम् ।। २७ ।।

अन्वय र अर्थ – शान्तरजसं = जसका मोहादि कलेशरूप रजोगुण क्षीण भएका छन्, प्रशान्त मनसं = जसको मन सर्वथा शान्त छ, अकल्मषं = जो अधर्मादि दोषले रहित छ, ब्रम्हभूतं = जो जीवन मुक्त छ, एनं = यस्ता, योगिनं = योगीलाई हि = नै, उत्तमं सुखं = समाधि सुख, उपैति = प्राप्त हुन्छ ।

भावार्थ – यसरी गर्दै गर्दै मनले जब समस्त रजोगुणको मलिनताबाट विमुक्त भएर प्रशान्तभाव ग्रहण गर्दछ, अनि मात्र ब्रम्हभावापन्न त्यस्तो योगीलाई उत्तम सुख प्राप्ति हुन्छ ।

विशिष्टार्थ – मनलाई बारंबार पूर्वोक्त प्रकारले प्रत्याहारद्वारा आत्मामा ल्याएर वश गर्नाले योगी प्रशान्त मना हुन्छन्, अर्थात् उनको मन चंचलतालाई त्यागेर स्थिर हुन्छ । पश्चात् उनको रजोगुणको क्रिया पनि शान्त हुन्छ, अनि उनको अन्तःकरणमा मोह आदि क्लेश समूह क्षीण हुँदै हुँदै जाँदा उनी शान्त रजस हुन्छन् । त्यसपछि उनी ब्रम्हभूत वा जीवन मुक्त हुन्छन्, तब अरू उनमा भेदज्ञानरूप दोष रहदैन । यस कारणले उत्तम सुख जुन ब्रम्हानन्द हो जसलाई वाणीले व्यक्त गर्न सकिदैन, जसको सादृश्य छैन, जुन एक मात्र बुद्धिग्राह्य –नित्य अतीन्द्रिय छ, त्यो निरथिशय सुख उनमा स्वतः उपस्थित हुन्छ ।

    युञ्जन्नैवं सदात्मानं योगी विगतकल्मषः ।
    सुखेन ब्रम्हसंस्पर्शमत्यन्तं सुखमश्नुते ।। २८ ।।

अन्वय र अर्थ – एवं = यस्ता प्रकारले, सदा = सर्वदा, आत्मानं = मनलाई, युञ्जन् = वशमा राख्ने, योगी = योगी, विगत कल्भषः = पाप रहित भएको छँदो, ब्रम्हसंस्पर्शं = ब्रम्ह प्राप्तिरूप, अत्यन्तं = सर्वोत्तम, सुखं = सुख, अश्नुते = भोग गर्दछ ।

भावार्थ – उपर्युक्त प्रकारले मनलाई सर्वदा वशमा ल्याउंदै ल्याउंदै योगीले विगत पाप बनेर ब्रम्हसाक्षात्काररूप सर्वोत्तम सुख भोग गर्दछ ।

विशिष्टार्थ – २७ औं र २८ औं श्लोकको विषय एउटै हो । दुबैमा योगी  जीवन मुक्त छ । परन्तु यतिमात्र फरक छ – २७ औं श्लोकमा योगीलाई सुखको आश्रय स्वरूप ब्रम्हानन्द उसलाई स्वतः प्राप्त छ, अतः ऊ स्वयं निष्क्रिय छ, २८ औं श्लोकमा योगी सुखको भोक्ता हो, अतः ऊ सक्रिय छ । २७ औं श्लोकमा योगी ब्रम्हमा समाहित अवस्था प्राप्त हो भने २८ औं श्लोकमा योगी ब्रम्हमा प्रबुद्ध अवस्था प्राप्त हो । २८ औं श्लोको अवस्था २७ औं श्लोकको अवस्थाकोपरिपाक फल हो ।

    सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि ।
    ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः ।। २९ ।।

अन्वय र अर्थ – योगुक्तात्मा = समाहित अन्तः करणले युक्त, सर्वत्र = सबै ठाउँ, समदर्शनः = सम्पूर्ण  प्राणीहरूमा भेदज्ञान शून्य रहेको छँदो (योगी = योगी), आत्मानं = आप्mनो आत्मालाई, सर्वभूतस्थं = सम्पूर्ण प्राणीहरूमा व्याप्त भएर रहेको, र, सर्वभूतानि च = सम्पूर्ण प्रणीहरूलाई पनि, आत्मनि = आप्mनो स्वरूपमा रहको, ईक्षते = देख्दछ ।

भावार्थ – योगद्वारा युक्तचित्त र सर्वत्र समदर्शन सम्पन्न योगी आत्मालाई सम्पूर्ण प्राणीहरूमा रहेको र सम्पूर्ण प्राणीहरूलाई आत्मामा रहेको देख्दछ ।

विशिष्टार्थ – पूर्व श्लोकमा भनिएको जीवन मुक्त अवस्थाको लक्षण – जीवन मुक्त पुरुष  आफूमा र सर्वभूतमा समदर्शी–अमेदज्ञान सम्पन्न हुन्छन् । उनका लागि सबै ब्रम्ह हो, अतएव ब्रह्मविना अरू कुनै उनका दृष्टिमा पृथक् बोध हुँदैन । हे अर्जुन ! क्रियाको परावस्थामा पुगेर तिमी जुन आत्ममिलन गर्दछौ, जसमा तिम्रो विपरीत बोधन अन्तःकरणमा उठ्नै पाउँदैन, यो श्लोकले त्यसैको साक्षी दिन्छ ।

    यो मां पश्यति सर्वत्र सर्वञ्चमयि पश्यति ।
    तस्याहं न प्रणश्यामि स चं मे न प्रणश्यति ।। ३० ।।

क्रमशः

याे पिन

ज्ञान बिनाकाे प्राणायामको फल क्षणिकमात्र

कर्मयोग र संन्यासयोगका सूत्रः साधना र अभ्यास कसरी ?

ज्ञान र विज्ञानकाे अन्तरात्माः  ब्रम्हज्ञान अर्थात् आत्मज्ञान

तारकब्रम्ह कूटस्थ पुरुषको पूजा र 'सर्वदा' समयकाे सन्दर्भ

आत्मा के हाे, प्राकृतिक प्रदार्थ अर्थात प्रभेद के हो ?