लोकसंवाद संवाददाता | समाज | माघ २२, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका–१३ पुरानो कालीमाटी वाफल बस्ने सुपात्र घिमिरेको घरबाट नगद तथा सुन र चाँदीका बिभिन्न गरगहना समेत गरी करिब ३ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।