लोकसंवाद संवाददाता | समाज | माघ २४, २०७६
काठमाडौं । टोखा नगरपालिका–९ कुलन्त मार्ग डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका–३ घर भएकी पार्वती चौलागाईको कोठाबाट सुनको झुम्का र रिङ समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।