यमबहादुर दुरा | दृष्टिकोण | फागुन १०, २०७६
आधुनिक समाजले प्रगतिका तमाम फेहरिस्त पेस गरिरहेकै बेलामा मानव स्वास्थ्य स्वास्थ्यमा एकपछि अर्को गरी गम्भीर समस्या देखा पर्न थालेका छन् । यस्ता स्वास्थ्यसम्बन्धी समस्या आधुनिक जीवनशैलीसँग गाँसिएका छन् । सँगसँगै वातावरणीय समस्या पनि चुनौतीको पहाड बनेर उभिइरहेको छ । यो चुनौती पनि आधुनिक जीवनशैलीकै उपज हो ।
यस्ता भयानक समस्याका अगाडि विश्व समुदाय एक किसिमले निरीहझैं देखिएको छ । कतिपय विज्ञले यी गम्भीर समस्या समाधानको उपाय परम्परागत ज्ञानमा रहेको विश्वास गर्छन् । यति बेला धेरै विज्ञले परम्परागत ज्ञानको महत्त्व बोध गर्न थालेका छन् । अहिले परम्परागत ज्ञान दीनहीन अवस्थामा छ । यसलाई स्थानीय ज्ञान वा सामुदायिक ज्ञान पनि भनिन्छ । ती विज्ञले परम्परागत ज्ञानलाई मानव स्वास्थ्य र वातावरणमा आएका गम्भीर समस्यासँग जुध्ने उपायको रूपमा चित्रण गर्न थालेका छन् ।
विश्व बौद्धिक सम्पदा सङ्गठन (विपो) ले परम्परागत ज्ञानलाई यसरी परिभाषित गरेको छ, ‘ज्ञान, व्यावहारिक ज्ञान, सीप र अभ्यास नै परम्परागत ज्ञान हो, जुन समुदायभित्र विकसित–सम्वर्द्धित हुँदै एउटा पुस्ताबाट अर्को पुस्ता हस्तान्तरित हुँदै आएको छ । यसले मानिसको संस्कृति र आध्यात्मिक पहिचान पनि निर्माण गर्छ ।’
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार विश्वभरका आदिवासी जनजाति र स्थानीय समुदायले प्रयोगमा ल्याएका ज्ञान, नयाँ कार्य र व्यवहार नै परम्परागत ज्ञान हो । परम्परागत ज्ञान शताब्दी औ लामो अनुभवबाट निर्मित हुन्छ, जसलाई स्थानीय संस्कृति र परिवेश आत्मासाथ गर्छ । यो एउटा पुस्ताबाट अर्को पुस्तामा मौखिक रूपमा सर्छ । यस अन्तर्गत कथा, गीत, लोक साहित्य, उखान, सांस्कृतिक मान्यता, विश्वास, सामुदायिक कानुन, स्थानीय भाषा तथा कृषिसम्बन्धी अभ्यासहरू पर्छन् । यसमा बोट–बिरुवा हुर्काउने विधि तथा पशु व्यवस्थापन पनि पर्छन् । परम्परागत ज्ञान व्यावहारिक प्रकृतिको हुन्छ, जसमा माछा पालन, स्वास्थ्य, बगैँचा, वन तथा वातावरण व्यवस्थापनलगायतका ज्ञान पर्छन् ।
तमाम अन्तर्राष्ट्रिय सम्मेलन तथा अभिसन्धिका कागजातले परम्परागत ज्ञानको महत्त्वलाई उच्च स्थान दिएको पाइन्छ । आधुनिक रूप–रङ्गले भरिपूर्ण पश्चिमा विज्ञानले प्रभुत्व जमाउनु अघि विश्वका विभिन्न समुदायबिच परम्परागत ज्ञान जीवन जिउने ज्ञान थियो । कतिपय ठाउँमा आज पनि प्रचलनमा छ । अहिले यसको स्वतन्त्र सङ्कटमा छ ।
पुस्तौँ पुस्ताको अनुभवबाट खारिएर आएको हुनाले यसलाई स्वास्थ्य मैत्री र वातावरण मैत्री ज्ञान भनि मानिएको छ । औषधि विज्ञान, खाद्य सुरक्षा, बीउ रक्षा, वन–वातावरण संरक्षणलगायत प्राकृतिक संसाधन व्यवस्थापनजस्ता मानव जीवन र प्रकृतिसँग जोडिएका तमाम विषयमा परम्परागत ज्ञान उपयोगी मानिएको छ ।
तमाम अन्तर्राष्ट्रिय सम्मेलन तथा अभिसन्धिका कागजातले परम्परागत ज्ञानको महत्त्वलाई उच्च स्थान दिएको पाइन्छ । आधुनिक रूप–रङ्गले भरिपूर्ण पश्चिमा विज्ञानले प्रभुत्व जमाउनु अघि विश्वका विभिन्न समुदायबिच परम्परागत ज्ञान जीवन जिउने ज्ञान थियो । कतिपय ठाउँमा आज पनि प्रचलनमा छ । अहिले यसको स्वतन्त्र सङ्कटमा छ ।
तमाम अन्तर्राष्ट्रिय सम्मेलन तथा अभिसन्धिका कागजातले परम्परागत ज्ञानको महत्त्वलाई उच्च स्थान दिएको पाइन्छ । आधुनिक रूप–रङ्गले भरिपूर्ण पश्चिमा विज्ञानले प्रभुत्व जमाउनु अघि विश्वका विभिन्न समुदायबिच परम्परागत ज्ञान जीवन जिउने ज्ञान थियो । कतिपय ठाउँमा आज पनि प्रचलनमा छ । अहिले यसको स्वतन्त्र सङ्कटमा छ ।
विश्वमा देखा परेको वातावरणीय समस्याको पृष्ठभूमिमा परम्परागत ज्ञानको महत्त्व झल्कन पुगेको देखिन्छ । परम्परागत ज्ञानको अस्तित्वलाई पहिचान गर्ने दिशाको औपचारिक पाइला सन् १९८० को दशकदेखि सुरु भएको देखिन्छ ।
सन् १९८३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले वातावरणीय समस्यालाई पहिचान गरी प्रस्ताव नं. ३८/१६१ पारित गर्यो । सोही वर्ष नर्वेजियन राजनीतिज्ञ ग्रु हार्मेल बु्रण्डल्याण्डको नेतृत्वमा ‘वातावरण र विकासका लागि विश्व आयोग’ गठन भयो ।
पछि आएर आएर त्यो आयोग ब्रुरण्डल्याण्ड कमिसन गठन भयो । विश्वको बिग्रँदो वातावरणीय समस्याबाट आदिवासी जनजातिलगायत स्थानीय समुदायमा परेको आर्थिक तथा सामाजिक अध्ययन गर्नु नै त्यस कमिसनको काम थियो ।
आदिवासी जनजातिलगायत स्थानीय समुदायको सामूहिक मानव अधिकार, स्थानीय अधिकार र आकाङ्क्षालाई स्वीकार गर्दै ब्रुरण्डल्याण्ड कमिसनले सन् १९८७ मा ‘हाम्रो साझा भविष्य’ शीर्षकमा प्रतिवेदन पेस गर्यो ।
‘ब्रुरण्डल्याण्डका रिपोर्ट’ यो प्रतिवेदन निकै चर्चित रह्यो । ‘दिगो विकास’ भन्ने शब्दावली पनि पहिलो पटक त्यही प्रतिवेदनमा प्रयोग भएको थियो । प्रतिवेदनले आदिवासी जनजातिबारे कार्यदल गठन गर्न पनि सिफारिस पनि गर्यो ।
सोही प्रतिवेदनको भावना अनुरूप सन् १९८९ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले आदिवासी जनजातिहरूको सामूहिक अधिकार (आइएलओ १६९) पारित गर्यो । अहिले नेपाल पनि यो अभिसन्धिको पक्ष राष्ट्र बनिसकेको छ ।
यी सबै चरण र प्रक्रियामा कुनै न कुनै रूपमा परम्परागत ज्ञानलाई स्थान दिइएको छ ।
सन् १९९२ मा ब्राजिलको राजधानी रियो जेनेरियोमा सम्पन्न अन्तर्राष्ट्रिय वातावरण सम्मेलनले सामूहिक अधिकारको महत्त्वलाई आत्मासाथ गर्यो । सोही वर्ष सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनले विभिन्न प्रजाति, इकोसिस्टम र भू-स्वरूप बचाउन परम्परागत ज्ञानको महत्त्वलाई आत्मासाथ गर्यो ।
सन् १९९६ मा ब्युनस आयर्समा सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनले स्थानीय ज्ञानको सान्दर्भिकतालाई जोड दियो । यसले स्थानीय समुदाय र आदिवासी जनजातिलाई आफ्नो क्षेत्रको जैविक विविधताको देखभाल गर्न दिन सम्बन्धित सरकारहरूलाई आग्रह गर्यो ।
सन् १९९९ मा विश्व व्यापार सङ्गठनले व्यापारसँग जोडिएको बौद्धिक सम्पदाको सम्मान गर्न जोड दियो । त्यही वर्ष विश्व बौद्धिक सम्पत्ति सङ्गठनले सङ्गीत र परम्परागत डिजाइनबारे ‘फ्याक्ट फाइन्डिङ मिसन’ गठन गर्यो । यसैगरी, यसले बौद्धिक सम्पत्ति, आनुवंशिक संसाधन, जैविक विविधता, लोक साहित्य र परम्परागत ज्ञानको अन्तर सम्बन्ध विभिन्न समयमा अध्ययन–अनुसन्धान अघि बढायो ।
यसै गरी, सन् २००७ मा संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र जारी गर्यो । सन् २०१४ मा अनुवांशिक संसाधन संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ‘नागोया प्रोटोकल’ सम्पन्न भयो ।
यी तमाम अन्तर्राष्ट्रिय सम्मेलन तथा अभिसन्धिका कागजातले परम्परागत ज्ञानको महत्त्वलाई उच्च स्थान दिएको पाइन्छ । आधुनिक रूप–रङ्गले भरिपूर्ण पश्चिमा विज्ञानले प्रभुत्व जमाउनु अघि विश्वका विभिन्न समुदायबिच परम्परागत ज्ञान जीवन जिउने ज्ञान थियो । कतिपय ठाउँमा आज पनि प्रचलनमा छ । अहिले यसको स्वतन्त्र सङ्कटमा छ ।
आधुनिक जीवनशैलीको चमकधमकले पुरै ओझेलमा परेजस्तो देखिए पनि परम्परागत ज्ञान सान्दर्भिकता र औचित्य मरिसकेको छैन । यसको संरक्षण र सम्वर्द्धन गरी यसलाई जीवन चलाउने सफ्टवेयरका रूपमा विकास गर्न आवश्यक छ । यसले हामी सबैको लागि समक्षदारी र सुझबुझको अपेक्षा गरिएको छ ।