लोकसंवाद संवाददाता | कारोबार | फागुन १२, २०७६
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि पुँजीबजारमा उत्साह कायमै रहेको छ । कारोबार खुलेको एक घण्टा नपुग्दै सेयर बजार परिसूचक नेप्सेमा एक अर्बमाथिको कारोबार भएको छ । कारोबार खुलेको ५५ मिनेटमा एक अर्ब ३ करोड ७३ लाख ४३ हजारको कारोबार भएको हो ।
उक्त समय सम्ममा सेयर बजार मापन गर्ने परिसूचक नेप्से पनि २८.१९ अंकले वृद्धि भएर १५३२.३२ अंकमा पुगेको छ । यस अवधिमा ९ हजार ४ सय २० कारोबार बाट २५ लाख ५१ हजार ६ सय ३२ कित्ता सेयर किनबेच भएको छ ।