नयाँ मिस नेपालका लागि आवोदन खुल्यो, ९ शहरमा अडिसन हुने

नयाँ मिस नेपालका लागि आवोदन खुल्यो, ९ शहरमा अडिसन हुने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फागुन १३, २०७६

काठमाडाैं । मिस नेपाल २०२० को लागि आवोदन सोमबारबाट खुलेको छ । मार्च २७ गतेसम्म भर्न सकिने आवोदन फर्म मिस नेपालको वोवसाइटमा गएर पनि निशुल्क भर्न सकिने छ ।

२०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन ट्रेजले बताएको छ । यस वर्षको लागि भने विजेताको पुरस्कार राशी बढाएर त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार प्रदान गरिने छ ।

हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरका अनुसार ‘मिस नेपालको अडिसन देशको विभिन्न ९ शहरमा हुनेछन् । विभिन्न शरहमा पुगेर अडिसन लिने र तोकेको मापदण्ड पुगेको खण्डमा काठमाडौं बोलाउने छौँ ।’

मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अबिबाहित युवाती हुनुपर्नेछ । ५।४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवोदन दिन पाउनेछन् ।

यस वर्ष मिस नेपालमा ४ वटा मात्रै विधा समावेश हुनेछ । मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेश्नल र मिस नेपाल सुपर नेश्नल । मिस युनिभर्स भने यस वर्ष हुनेछैनन् । हरेक वर्ष रिन्यु गर्नुपर्ने यस विधामा यो वर्ष भने नेपालीलाई अनुमति दिएको छैन् ।

अडिसन धनगडी, नेपालगंज, बुटवल, पोखरा, चितवन, विरगंज, धरान, विर्तामोड र काठमाडौंमा हुनेछ ।