लोकसंवाद संवाददाता | समाचार | फागुन २१, २०७६
काठमाडौं । सल्यान, सिद्धकुमाख गाउँपालिका–१ बाझकाडा बस्ने रत्न बहादुर बुढाथोकीको घरमा मंगलबार राति आगलागी हुँदा उनका ११ वर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको जलेर मृत्यु भएको छ ।
दाङ, बंगलाचुली गाउँपालिका–२ टाकुरा बस्ने २७ वर्षीय दिल बहादुर बुढाको घर र गोठमा मंगलबार राति आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ५ लाख ९८ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।