कोभिड–१९ सङ्क्रमणकाे आशङ्का गरिएका बिरामीलाइ कोरोना भाइरस नभएको पुष्टि

कोभिड–१९ सङ्क्रमणकाे आशङ्का गरिएका बिरामीलाइ कोरोना भाइरस नभएको पुष्टि

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत ०३, २०७६

काठमाडौं । कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । 

भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो । 

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट गर्नुभयो । ‘उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन, उहाँले भन्नुभयो ।