प्रा.डा.सुदर्शन नरसिंह प्रधान | दृष्टिकोण | फागुन २०, २०७५
स्किजोफ्रेनिया एक कडा खालको मानसिक असन्तुलनको अवस्था हो । यसलाई ज्यादै जटिल प्रकृतिको मानसिक समस्याको रूपमा लिइन्छ । मस्तिष्कमा हुने जीव रसायनको गडबडीले यो रोग लाग्छ । हालसालै गरिएका अध्ययनले बच्चा गर्भमा छँदै हुने मस्तिष्कको विकासमा आउने खराबीका कारण पनि यो रोग लाग्ने सम्भावना देखाइएको छ । स्किजोफ्रेनिका बिरामीमा मुख्यतः भ्रम हुने (Delusions), अन्तरसम्बन्ध तथा सामाजिक क्रियाकलापहरूबाट टाढा हुँदै जाने र वास्तविक/अवास्तविक छुट्याउने क्षमता ह्रास हुने लक्षण देखिन्छन् । चिकित्सा शिक्षाले स्किजोफ्रेनियालाई कडा खालको मानसिक असन्तुलन भएको अवस्था भने पनि यसलाई उपचार सम्भावना गर्र्न सकिने रोगका रूपमा लिने गरेको छ ।
मस्तिष्कमा अर्बौं स्नायुकोष हुन्छन् । प्रत्येक स्नायुकोषका हाँगा स्नायुहरूले अर्को स्नायुकोष हुँदै सूचनाहरू पठाउने वा ग्रहण गर्ने गर्छ । एउटा स्नायुकोषको अन्य भागबाट न्युरोट्रान्समिटर भनिने रसायन प्रवाह भई अर्को स्नायुकोषसम्म पुग्छ र यसैमार्फत् सूचना प्रवाह हुने गर्छ ।
यस्तो सूचना प्रवाह प्रक्रियामा खराबी वा अवरोध आउँदा नै स्किजोफ्रेनियाको समस्या भएकोे विभिन्न अध्ययनले देखाएको छ ।
जोफ्रेनियाको समस्या प्रायः विस्तारै सुरु हुन्छ र दीर्घ समस्याको रूपमा धेरै लामो समयसम्म रहिरहन्छ । औषधी उपचार, परामर्श तथा विभिन्न मनोउपचारहरू तथा पुनस्र्थापना आदि गर्दा समेत पूर्ण रूपमा निको बनाउन कठिन हुन्छ । उपचार क्षेत्र र घरमा उपर्युक्त वातावरण भएमा निकै हदसम्म कम गर्न सकिन्छ भने करिब एक तिहाइ पूरै निको हुने गर्छ । राम्रो उपचारको अभावमा भने बिरामीको अवस्था अरू बढ्दै वा बिग्रदै जाने गरेको छ । उपचार नगरेमा यसले दीर्घकालीन असर पार्छ ।
स्किजोफ्रेनियाका कारण व्यक्तिको दैनिक कार्यमा ह्रास आउँछ । अध्ययन/अध्यापनमा लागेको भए यी कार्यहरूको गुणस्तर खस्कदै जान्छ, परीक्षामा सफल हुने सम्भावना घट्दै जान्छ, व्यक्तिगत सरसफाइमा कमी आउँछ र अरूसँग गरिने व्यवहार, कुराकानीमा समेत परिवर्तन तथा कमी आउँछ ।
स्किजोफ्रेनियाबाट व्यक्तित्वमा परिवर्तन आउँछ । केही गरौं भन्ने उत्प्रेरणा, भावना, चाख आदिमा कमी आउँछ र व्यक्ति आफ्नो परिवार, साथी आफन्तहरूसँग हेलमेल हुन नचाहने हुन्छ, एक्लै टोलाएर वा आफ्नो छुट्टै संसार बनाएर बस्न थाल्छ र अरूप्रति शंकालु समेत हुन थाल्छ । स्किजोफ्रेनियाका बिरामी दुःखदायी समाचार सुन्दा हाँस्ने र हँसाउने चुट्किला सुन्दा रुन सक्छन् । किनकि उनीहरूलाई कुनबेला कस्तो भावना देखाउनु उचित हुन्छ भन्ने निश्चय गर्ने कठिनाई हुने गर्छ ।
स्किजोफ्रेनियाका बिरामीका विचार (Thoughts)मा असर परेको हुन्छ । उनीहरूमा सोचाइ ज्यादै छिटो आउने, एउटा सोचाइ सकिन नपाउँदै अर्को सोचाइ थपिने, कुनै सिलसिलेबार सोचाइ नआएर जथाभावी कुराहरू आउने वा सोचाइ नै नआउने हुन्छ । त्यस्तै भ्रमहरू हुन्छन् अर्थात् यस्तो विश्वास बिरामीले लिन्छ, जुन वास्तविक होइन (जस्तै: सत्रुहरू उसलाई पछ्याइरहेका छन्, आदि ।) । त्यस्तै बिरामीले उसको बारेमा कुरा गरेका आवाजहरू सुन्छ वा केही चिज देख्छ, जुन सँगै बसेका अन्य कसैले सुन्न वा देख्न सक्दैनन् । यसलाई मिथ्याभास (Hallucination) समेत भनिन्छ ।
जनसंख्याको करिव ०.५ प्रतिशतदेखि १ प्रतिशत मानिसहरू स्किजोफ्रेनियाबाट पीडित भएको अनुमान गरिएको छ । यसको सुरुवात १६ देखि ३५ वर्षको उमेर समूहका युवायुवतीमा हुने सम्भावना बढी हुन्छ । सबै जातजाति भाषाभाषी, धनी–गरीब आदि जो कोही पनि यसबाट ग्रसित हुन सक्छन् ।
स्किजोफ्रेनियाको समस्या प्रायः विस्तारै सुरु हुन्छ र दीर्घ समस्याको रूपमा धेरै लामो समयसम्म रहिरहन्छ । औषधी उपचार, परामर्श तथा विभिन्न मनोउपचारहरू तथा पुनस्र्थापना आदि गर्दा समेत पूर्ण रूपमा निको बनाउन कठिन हुन्छ । उपचार क्षेत्र र घरमा उपर्युक्त वातावरण भएमा निकै हदसम्म कम गर्न सकिन्छ भने करिब एक तिहाइ पूरै निको हुने गर्छ । राम्रो उपचारको अभावमा भने बिरामीको अवस्था अरू बढ्दै वा बिग्रदै जाने गरेको छ । उपचार नगरेमा यसले दीर्घकालीन असर पार्छ ।
यसले दीर्घकालीन समस्याको रूपमा विकास हुन्छ । बिरामीको व्यक्तित्व, कार्यक्षेत्र र वैयक्तिक विकासमा नराम्रो असर परी बिरामीले मानसिक अपांगताको रूपमा जीवन जिउनुपर्ने हुन्छ । यसले गर्दा उसको परिवारमा समेत नराम्रो प्रभाव पर्ने हुन्छ ।
स्किजोफ्रेनिया पहिचान
स्किजोफ्रेनिया सुरु हुन लाग्दा विभिन्न लक्षण देखिन थाल्छन् । लक्षणहरू व्यक्तिपिच्छे्र फरक प्रकृतिका पनि हुन सक्छन् । केही यसप्रकार छन् ।
यससँगै व्यक्तिको कार्यशैली, प्रकृति वा व्यक्तित्वमा परिवर्तन देखिनु स्किजोफ्रेनिया चिन्ने प्रमुख आधार हुन् । यसका बिरामीको सोचाइ स्पष्ट र तर्कसंगत नभई खण्डित हुन्छ । दृष्टि, श्रवण, स्पर्श, गन्ध र स्वादका चेतनाहरू पनि वास्तविक नभई फरक खालको अनुभूति (मिथ्याभास) हुन्छ । यिनीहरूका कारणले नै व्यक्ति व्यक्तिमा फरक खालका व्यवहार र प्रतिक्रिया देखिन थाल्छन् । तिनीहरूमा निम्न लिखित लक्षण देखिन सक्छन् ।
स्किजोफ्रेनियाका धनात्मक र ऋणात्मक लक्षणहरू (Positive and Negative Symptoms)
स्किजोफ्रेनिया भएका बिरामीका लक्षणलाई प्रायः धनात्मक र ऋणात्मक गरी दुई भागमा विभाजन गरिन्छ ।
धनात्मक लक्षणहरू
चेतनात्मक प्रक्रिया र सोचाइहरू अस्वभाविक रूपमा तीव्र भई देखिने लक्षणहरूलाई धनात्मक लक्षण भनिन्छ ।
मिथ्याभासः बिरामीले आफ्नो अगाडि नभएको वस्तु देख्छ, अरू मानिसहरूले सुन्न नसकने वा नसुन्ने आवाजहरू सुन्छ (उत्पन्न नै नभएको आवाज सुन्छ) शरीरका विभिन्न अङ्ग÷भागहरूमा अचम्मको चेतनात्मक अनुभव गर्छ । यस्ता गाली गरेका, तर्साएका जस्ता, मिथ्याभास आवाजका कारण नै बिरामीले अरूलाई हानि हुने कार्य गर्न तम्सिने हुन्छ ।
भ्रमित सोचाई (Negative Symptoms): मानसिक र शारीरिक क्रियाकलापहरू घट्नु ऋणात्मक लक्षण हुन् । यस्ता लक्षण भएका बिरामीमा बोल्न/कुरा गर्न कुनै पनि कुरामा चाख तथा उत्सुकता नहुनु, खुसी वा दुःखको अनुभव नहुनु, दिक्दारीको अनुभव सामाजिक हेलमेल त्याग्नु, आत्महत्या प्रयास गर्ने आदि लक्षणहरू देखापर्छन् ।
ऋणात्मक लक्षणहरू
मानसिक र शारिरिक क्रियाकलापहरू घट्नु ऋणात्मक लक्षणहरू हुन् । यस्ता लक्षणहरू भएका बिरामीहरूले बोल्न/कुरा गर्न कुनै चाख देखाउँदैनन्, कुनै काम गर्न अग्रसर हुँदैनन् र अनुहार पनि भावविहीन देखिन्छ । शक्ति क्षीण हुनु, कुनै पनि कुरामा चाख तथा उत्सुकता नहुनु, खुसी वा दुःखको अनुभव नहुनु, दिक्दारीको अनुभव, सामाजिक हेलमेल त्याग्नु, आत्महत्या प्रयास गर्नु आदि यसका उदाहरण हुन् ।
स्किजोफ्रेनियाका प्रकार (Types of Schizophrenia)
पहिचान र उपचारका क्रममा मनोचिकित्सकहरूले स्किजोफ्रेनियालाई धेरै प्रकारमा विभाजन गरेका छन् । तिनीहरूमध्ये प्रमुख यसप्रकार छन् ।
१ हेवेफ्रेनिक (Hebephrenic Type): यसमा बिरामीले बोलेको र भन्न खोजेको कुरा बुझिँदैन । बिरामीले कुनै कुरामा राम्रोसँग ध्यान दिन सक्दैन, ज्यादै एकोहोरो हुन्छ । बिना मतलब हाँस्ने र बुझ्न नसकिने व्यवहार गर्छ ।
२. प्यारन्वाएड (Paranoid Type): यिनीहरू ज्यादै शंकालु हुन्छन् । उनीहरू आपूmलाई अरूले पछ्याइरहेको, मार्न खोजेको वा विषालु खाना आदि प्रयोग गर्न खोजेको विश्वास गर्ने, अरूले गाली गरेको वा निर्देशन दिएको आवाज सुनेको कुरा गर्ने, तुरुन्तै रिसाउने तथा झगडा वा कुटपिट गर्न अघि सर्ने खालका हुन्छन् ।
३. क्याटाटोनिक (Catatonic Type): यसमा कि त बिरामीमा एकै ठाउँ र एउटै अवस्थामा लामो समयसम्म रहने, नबोल्ने, नखाने, केही भन्दा वा अ¥हाउँदा कुनै मतलब नराख्ने लक्षणहरू देखा पर्छन् वा कसैसित बिनामतलब उत्तेजित हुने, भागदौड गर्ने वा तोडफोड गर्ने आदि लक्षण देखा पर्छन् ।
स्किजोफ्रेनियाको निदान (Diagnosis of Schizophrenia)
स्किजोफ्रेनियाको निदान अभिभावकबाट बिरामीको बारेमा प्राप्त पूर्ण विवरण, बिरामीमा देखिने विभिन्न लक्षण र चिकित्सकले बिरामीको मानसिक स्थितिको जाँच गरेर पाएको रिपोर्टका आधारमा गरिन्छ । यो रोग कुनै रगतको परीक्षण, एक्सरे, सिटिस्क्यान, एमआरआई आदि गरेर पत्ता लगाउने होइन । तर, कहिलेकाहीँ यस्तै लक्षणहरू देखिने अन्य कुनै रोगको शंका लागेमा चिकित्सकले विभिन्न परीक्षणहरू गर्ने सल्लाह भने दिन सक्छन् । स्किजोफ्रेनियामा जस्तै लक्षणहरू देखाउन सक्ने केही अन्य रोगहरू पनि छन् । ती हुन्:
स्किजोएफेक्टिभ साइकोसिस (Schizo-affective psychossi) स्किजोफ्रेनिया हो भनी पहिचान गर्नुपूर्व माथि उल्लेखित रोगहरू छैनन् भन्ने निश्चित गर्नुपर्ने हुन्छ । यसका लागि एकपटक विशेषज्ञ चिकित्सकसँग राय सुझाव लिनु राम्रो हुन्छ, किनकी विशेषज्ञबाट मात्र स्पष्ट पहिचान हुन सक्छ ।