लोकसंवाद संवाददाता | साहित्य | चैत ०५, २०७६
काठमाडाैँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपालका जातीय संस्कार’ नामक ग्रन्थको पाँचौँ शृङ्खला प्रकाशनमा ल्याएको छ ।
नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका जातीय संस्कारका नालीबेलीहरूका बारेमा विज्ञहरूबाट खोजीमेली गराई प्रकाशित गरिँदै आएको ‘नेपालका जातीय संस्कार’को पाँचौँ शृङ्खला बजारमा आएको हो ।
प्रा. डा. प्रेम खत्रीद्वारा सम्पादित ‘नेपालका जातीय संस्कार’को पाँचौँ शृङ्खलामा काइके मगर, कानु, कुर्मी, कुसुन्डा, गोपाली, डोम, पुमा राई, बान्तावा राई, ब्यासी, माझी, मुगाल, याक्खा, राउटे, राजी, रौनियर, साम्पाङ राई, सुदूरपश्चिमका ब्राह्मण र सोनार जातिका सामाजिक संस्कारबारे विज्ञ लेखकहरूद्वारा लेखिएका खोजमूलक लेखकहरू समेटिएका छन् ।
यस ग्रन्थबाट राष्ट्रका लोपोन्मुख अवस्थामा रहेका विभिन्न जातिका अमूर्त सम्पदाहरूको अभिलेखीकरण भएको छ ।