छाउनीमा स्कुटर पल्टिँदा एकको मृत्यु

छाउनीमा स्कुटर पल्टिँदा एकको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन २१, २०७५

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ छाउनीमा मंगलबार स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा८७प ३५३ नम्बरको स्कुटर दुर्घटनामा परी काठमाडौंका २२ वर्षीय सुजन श्रेष्ठकोज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्कुटरमा सवार २१ वर्षीय दीपेन्द्र मग्राती दुर्घटनामा घाइते छन् । घाइते मग्रातीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 प्रहरी प्रधान कार्यालयका अनुसार स्कुटर अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको खबर राससमा छ ।