उनान्सत्तरी हजार डलरसहित दुई पक्राउ

उनान्सत्तरी हजार डलरसहित दुई पक्राउ
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन २१, २०७५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ अवैध रूपमा लैजान लागिएको ६९ हजार ५५० अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–४ का सरला खड्का र काठमाडौँ महानगरपालिका–१६ बस्ने रिङ्कु गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल एयरलाइन्सको उडानबाट सोमबार बैंकक जान लागेका ती दुई जनालाई परीक्षण गर्ने क्रममा अवैध रूपमा लैजान लागेको अमेरिकी डलरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काको साथबाट ३५ हजार ६५० र गुरुङको साथबाट ३३ हजार ९०० अमेरिकी डलर बरामद भएको र आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको खबर राससमा छ ।