प्रशान्त उप्रेती | साहित्य | चैत १५, २०७६
जलन
गर्न त सक्थेँ धेरै प्रगति, अनन्तकालसम्म
इच्छाशक्तिले भरिपूर्ण छु, दीर्घकालसम्म
तर अचनाक रोकिदिए बीचैमा प्रगति आफ्नालाई सम्झेर
आफन्तको कमसल सहनशक्ति अनि जलन कहिलेसम्म ?
कोरोना
आफ्नै प्रेमिकासँग जीवनको भिख माग्नुपर्ने
कस्तो दिन आयो- मान्छे देख्दा मान्छे भाग्नुपर्ने
सरकार एकोहोरो आदेश दिन्छ- घरभित्रै अनिवार्य बस्नूू भनेर
खोइ म आकाशमुनि बस्ने मान्छे, कसको घरमा जबर्जस्ती घुस्नुपर्ने ?
कसुर
चुह्लो चौकोमा नुन अनि तेलको खाँचो छ
देश नै बेच्ने राष्ट्रघातीका हातमा देशको साँचो छ
एक योद्दा जुत्ता बांगो प्रहार गर्ने कसुरमा कारागार चलान भयो
निर्दोष १७ हजार जनता मार्ने हत्यारा नै देशको ठेकेदार छ ।
सन्तान
सानो हुँदा मर्लान् भनी बाआमा अघिपछि कुदे
आफ्नो भोजन काटीकाटी सन्तानलाई पुजे
ठूलो भयो सन्तान अनि बिहेबारी गर्यो
आमाबालाई वृद्धाश्रममा रकम दिई बेचे ।