निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौं : गृहमन्त्री

निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौं : गृहमन्त्री
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन २२, २०७५

कैलाली । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानुनको कठघरामा ल्याइछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘छिटोभन्दा छिटो अपराधीलाई कानुनको कठघरामा उभ्याउने छौं ।’ घटना भएको सुरुको अवस्थामा लापरवाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उहाँले उक्त घटनामा अनुसन्धान भइरहेको बताउनुभयो । 

 विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इङ्गित गर्दै गृहमन्त्रीले केही समूहबाट यो बीचमा विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेकाले यी घटनामा सरकार गम्भीर बनेको छ । उहाँले थप्नुभयो, ‘यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइरहेका छौँ ।’ 

उहाँले सङ्घीय संसद्मा सङ्घीय प्रहरी र प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माणको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । सुरक्षा गोष्ठीमा सहभागी हुन उहाँ आज धनगढी पुग्नुभएको खबर राससमा छ ।