निर्जला कक्षपति | दृष्टिकोण | चैत २६, २०७६
यदि सामान्य अवस्था हुँदो हो त यति बेला हाम्रा बालबालिकाहरू वार्षिक परीक्षा सकेर घुम्न जाने, आफूलाई सिक्न मन लागेको सिक्ने यस्ता थुप्रै गतिविधिमा संलग्न भएका हुने थिए । विशेष गरी लकडाउनमा आफनै घर बस्नु उचित हुने कारणले गर्दा बालबालिकाहरू घर बाहिर निस्कन पाइरहेका छैनन् । यत्रो लामो छुट्टीमा घरमा बसेर के रचनात्मक काम सिकाउन सकिन्छ अथवा बच्चालाई व्यस्त बनाएर राख्ने उपाय के हो त अभिभावकसँग यस बारे ठोस योजना हुँदैन र छैन पनि ।
त्यसैले धेरै बालबालिकाहरू दिनभर मोबाइलमा झुन्डिन्छन् मोबाइलको ब्याट्री सकिएपछि ल्यापटपमा अनि ल्यापटपको पनि ब्याट्री सकिएपछि टयावमा । यस्तैगरि उनीहरू नयाँ प्रविधिसँग नै अभ्यस्त भएर दिन गुर्जान चाहान्छन् । बच्चासँग कत्ति मोबाइल हेरेको भनेर कराए पनि मोबाइलको विकल्प बच्चालाई भुलाउने अरू उपाय अभिभावकसँग पनि छैन । कत्ति अभिभावकले यस्तो अवस्था छ, के गर्नु लौ भन्दै बच्चालाई मोबाइल, टेलिभिजन, ल्यापटप हेर्न फ्री छाडिदिएका छाैँ ।
१ दिनमा २४ घण्टा हुन्छ । २४ घण्टामा मानिस प्राय गरी ७ देखि ८ घण्टा सुत्ने गर्छ । चिकित्सकका अनुसार पनि मानिसलाई स्वस्थ रहनाका लागि कम्तीमा ८ घण्टा सुत्नुपर्छ । बच्चाहरूको मामलामा ८ देखि १० सुत्नुपर्छ । यो ८ घण्टा मानिसले सुतेर बिताए पनि अरू समय मानिसको आफ्नै हातमा हुन्छ र यो समय कसरी बिताउने के गर्ने मानिसको हातमा नै निर्भर रहन्छ ।
घर परिवारमा सँगै बस्दा कोसँग कस्तो व्यवहार गरिनुपर्छ ? यो पनि ज्ञान नै हो । आफूभन्दा मान्यजनसँग कस्तो व्यवहार गर्ने अनि सानासँग कस्तो व्यवहार गर्ने यी सबै ज्ञान नै हुन् । मिठो बोली बोल्दा मानिसहरू कसरी प्रभावमा पर्छन्, राम्रो काम गर्दा राम्रै फल प्राप्त हुने र नराम्रो काम गर्दा आफूलाई पनि नराम्रो हुने हुनाले मानिसले सधैँ सत्कर्म गर्नु पर्छ भन्ने कुरा पनि आफ्ना बालबालिकालाई सिकाउनु जरुरी छ ।
अहिले लकडाउनका कारण मानिसहरू घरमा बस्न बाध्य छन् । घर बस्नु भनेको सबै कुरा ठप्प हुनु कदापि होइन । हामी मानिसहरूमा धेरै काम अरूमा निर्भर रहने बानी छ । जागिर खानेले १०-५ जागिर खाँदैमा जिम्मेवारी पुरा भएको सम्झिने, आफ्ना बच्चालाई स्कुल पठाउँदैमा आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने हामी अभिभावकहरू धेरै छौँ । जसले गर्दा बच्चाहरूलाई अहिलेको समयमा के गराउने कसरी दिन बिताउन सजिलो पार्ने भन्ने विषयमा हामी अभिभावकहरू अनभिज्ञ नै छौँ ।
कोही अभिभावकहरू छोराछोरीलाई पढाएपछि घरको काम जान्न आवश्यक नै ठान्दैनन् त्यसैले घरको कामलाई महत्त्व नै दिंदैनन र बच्चालाई घरको काम सिकाउने चेष्टा नै गदैंनौ । यसले गर्दा बच्चाले पछि ठुलो भएर पनि आफ्नो व्यक्तिगत सरसफाइ देखि सामान्य चिया पकाएर खान समेत जान्दैनन् । एक्लै रहँदा यदि आफूसँग सीप र काम गर्न सक्ने क्षमता छ भने देखिन यसले जीवनमा बाँच्न धेरै सजिलो पर्छ भन्ने कुरा पनि हामी अभिभावकले आफ्ना बच्चालाई अर्थ्याउन र सिकाउन सकिरहेका छैनौँ । लकडाउनका यो समय जिवनउपयोगी सीप र शिक्षा तथा घरको काम सिकाउने सबभन्दा उत्तम समय हो ।
यसै गरी बच्चाको इच्छा र प्रतिभा के छ ? अभिभावकले त्यो बुझ्नु आवश्यक छ । बच्चालाई सिकाउन गुरु नै चाहिन्छ भन्ने होइन । अहिले हरेक कुरा युटयुव र इन्टरनेटका माध्यमबाट चाहेको कुरा हेर्न र भेट्न सकिन्छ । नाचमा प्रतिभा र इच्छा छ भन् देखिन् यूटयुव हेरेर नाच्न सकिन्छ । यस्तै गायन, पकाउने कला, योग व्यायाम, वक्तृत्व कला, फेसन डिजाइनिंग, मोडंलिंग लगायतका थुप्रै विधामा यस सम्बन्धी ज्ञान यूटयुवमा पाइन्छ । अभिभावकले बच्चालाई गाइड मात्र गरिदिए पुग्छ । तिमीले युटयुव हेरेर के जान्यौ, के बुझयौं भनेर बच्चासँग अभिभावकले अन्तर्संवाद गर्नु अति जरुरी छ ।
कतिपय अवस्थामा बच्चाहरू मेहनत गर्न मन गर्दैनन् । तर केही पनि नयाँ कुरा सिक्नका लागि जो सुकैले होस् मेहनत गर्नै पर्छ । बच्चाले मेहनत गर्ने भन्दा स्वाभाविक रूपमा मिहेनत नगर्ने कुरा गर्न खोज्छ तर अभिभावकले त्यति बेला कामको र सिपको महत्त्व अथवा आफूले सिकाउन लागेको कुराको महत्त्व बुझाउनु आवश्यक छ ।
पढाई भनेको किताब पाठ कण्ठ पार्नु मात्र होइन । समसामयिक विषय, अवस्था र परिस्थितिले सिर्जना गरेको अवस्थाबारे थाहा पाउनु अनि यसबारे सजकता र सावधानी अपनाउनु पनि ज्ञान हो । अहिले विश्वभर फैलिएको कोभिड १९ का बारे बच्चाले थाहा पाउनु पनि ज्ञान नै हो । कोरोना के हो ? कसरी फैलन्छ ? यसबाट बच्ने उपाय के हो ? भन्ने बारे बच्चालाई सोध्न सकिन्छ । यसबारे लेखाउन सकिन्छ । बच्चाले प्रत्यक्ष भोगेका कुराहरू जीवनमा कहिल्यै बिर्सँदैनन् पनि ।
घर परिवारमा सँगै बस्दा कोसँग कस्तो व्यवहार गरिनुपर्छ ? यो पनि ज्ञान नै हो । आफूभन्दा मान्यजनसँग कस्तो व्यवहार गर्ने अनि सानासँग कस्तो व्यवहार गर्ने यी सबै ज्ञान नै हुन् । मिठो बोली बोल्दा मानिसहरू कसरी प्रभावमा पर्छन्, राम्रो काम गर्दा राम्रै फल प्राप्त हुने र नराम्रो काम गर्दा आफूलाई पनि नराम्रो हुने हुनाले मानिसले सधैँ सत्कर्म गर्नु पर्छ भन्ने कुरा पनि आफ्ना बालबालिकालाई सिकाउनु जरुरी छ । यसै गरी आचरण राम्रो बनाउनु पर्ने र यसले गर्दा जीवन बिताउन सजिलो बनाउने कुरा अवगत गराउनु पनि जरुरी हुन्छ ।
हरेक कुराको महत्त्व र अर्थ बुझे हो भने मानिसलाई जे कुरा सिक्न पनि सजिलो पर्छ । हामीले गर्ने हरेक क्रियाकलापका आ– आफ्नै महत्त्व र अर्थ छन् । बच्चालाई यही कुरा बुझाउन सकिए उनीहरूले पनि हरेक कुरा बुझेर गर्न थाल्नेछन् । पढाई, स्कुलमा मात्र हुँदैन हामीले गर्ने हरेक काम र सिकाई पनि शिक्षा हो, पढाई हो भनेर यो लकडाउनको समयमा आफ्ना बच्चा बच्चीलाई बुझाउन सकयौं र व्यवहारिक शिक्षा सिकाउन सकयौं भने पनि बच्चाहरूका लागि लाभदायक नै हुनेछ ।