असिम भूसाल | दृष्टिकोण | चैत २८, २०७६
एउटा भनाइ सर्वविदित छ कि मानवले यदि कुनै सिद्धान्त वा विषयवस्तु बुझेन भने कि त्यसलाई घृणा गर्छ कि ढाकछोप गर्छ वा केही अपवादका कुरामा आकर्षित पनि हुन पुग्दछ ।
प्राय जसो मानिसहरू आफ्नो अज्ञानतालाई घृणाको लेपले ढाकिदिन्छ । वर्तमान विश्व राजनीतिमा चीन र चीनप्रति लक्षित वैमनश्यता र दुर्भावका बारेमा यो लेखमा चर्चा गर्ने कोसिस गरिएको छ ।
धेरै मानिसहरू कोभिड १९ संसारभर महामारीको रूपमा फैलिनुमा चीनलाई दोषी देखाइरहेका छन् वा देखाउने कोसिस गरिरहेको पाइन्छ । सामाजिक सञ्जालमा, भारतीय,अमेरिकी र युरोपेली समाचार टेलिभिजनमा कहिले सिधा र कहिले घुमाउरो पाराले चीनलाई दोषी देखाइरहेका छन् । अझ एउटा षड्यन्त्रको सिद्धान्तले बजारमा धेरैजसो मानिसलाई प्रभावित परिरहेको देखिन्छ । त्यो भनेको संसारको सर्व शक्तिशाली देश हुनको लागि चीन आफैले चलचित्रमा देखाइएको जस्तो जैविक हतियार कोरोना भाइरस बनायो र औषधि पनि सँगसँगै बनायो । अनि त्यो भाइरस वुहान सहरमा सङ्क्रमणका लागि छोडियो । ताकी दुनियाँलाई यो लागोस् कि चीन आफै पहिलो सिकार भएका थियो । चीनियाहरुले यो महामारीलाई निकै छिटो नियन्त्रणमा लिन सफलता पनि मिलेको छ ।
मानिसहरू सोच्दा आश्चर्यचकित हुन्छन् कि १.४ अर्व जनसङ्ख्या भएको मुलुकमा जम्मा ३५०० जति मान्छे कोरोना भाइरसबाट मृत्यु भयो जबकि लगभग ६.५ करोड जनसङ्ख्या भएको देश इटालीमा यो लेख लेख्दा सम्म १७ हजार भन्दा बढी व्यक्तिहरूको मृत्यु भइसकेको छ । कुनै निहित उद्देश्य विना यो सिद्धान्तमा विश्वास गर्ने मानिसहरूलाई म दोषी देख्दिन । विश्वभरिका मानव समुदाय जो असक्षम, भ्रष्ट नेतृत्वबाट शासित छन्, उनीहरूलाई चीनले कोभिड-१९ नियन्त्रण गर्न गरेका र चालेका कदम, चीनियाहरुको विपद्को पूर्व तयारी देख्दा अविश्वसनीय र अकल्पनीय लाग्नु स्वाभाविक हो ।
चाहे त्यो पहिरो होस, भूकम्प होस वा अरू कुनै महामारीको तयारी हालतमा रहने गरेको छ । कोरोना भइरसफैलिनुमा ती देशहरू जिम्मेवार छन् जसले यसलाई हल्ला र मजाकका रूपमा लिए । मानिसको बाच्नुको अधिकार ‘जीवनको अधिकार’ ‘प्रजातन्त्र’का हिमायती देशहरूलाई उनीहरूले चीनलाई भन्ने गरेको एक ‘निरङ्कुश’ देशले देखाइरहेको छ र पाठ समेत पढाइरहेको छ ।
चाहे त्यो पहिरो होस, भूकम्प होस वा अरू कुनै महामारीको तयारी हालतमा रहने गरेको छ । कोरोना भइरसफैलिनुमा ती देशहरू जिम्मेवार छन् जसले यसलाई हल्ला र मजाकका रूपमा लिए । मानिसको बाच्नुको अधिकार ‘जीवनको अधिकार’ ‘प्रजातन्त्र’का हिमायतीहरूलाई उनीहरूले चीनलाई भन्ने गरेको एक ‘निरङ्कुश’ देशले देखाइरहेको छ र पाठ समेत पढाइरहेको छ ।
तर हामीलाई विश्वव्यापी व्यापारको बारेमा सामान्य जानकारी भएसम्म चीन सबै भन्दा बढी देशको जनसङ्ख्या तहमा र अनुपातमा व्यापार गर्ने देश पनि हो । हामीले दैननिदन उपभोग गर्ने वस्तुहरू केलायो भने थाहा प्रस्टसँग हुन्छ कि चीन व्यापारले शक्तिशाली र धनी भई सकेको मुलुक हो । ४० वर्षमा यो एसियाली, तुलनामा गरिब र अविकसित देशले सारा विश्व चकित पर्ने गरी तीव्र वेगमा विकास गरेको छ । चीनले गएको २ दशकमा हामीले हाम्रो अवस्थाका हिसाबले कल्पना गर्न नसक्ने, तर्कले नभ्याउने कार्यहरू सम्पन्न गरेको छ । एक उदाहरणको रूपमा थ्री गोर्जेस जलविद्युत् परियोजनाको बाँधलाई हेर्न सकिन्छ । यो संसारकै ठुलो परियोजना हो । जसले बाइस हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्न सक्छ । सन् २००८ मा चीनको सिचुवान प्रान्तको वेन्चुवान क्षेत्रमा ८ रेक्टर स्केलको भूकम्प गयो । करिब साढे चार करोड जनसङ्ख्यालाई असर गरेको यो प्रकोपले डेढ करोड जनतालाई घरबार विहीन बनाएको थियो । एकचालिस हजार भन्दा धेरै पुनर्निर्माण योजनाहरू बनाएर उसले दुई वर्षमा ९९.५ प्रतिशत कामहरू सम्पन्न गरेको छ ।
बि.स. २०७२ मा नेपालमा गएको भूकम्प र त्यसको पुनर्निर्माण भएको ढिलासुस्ती विवशता पूर्वक हेरिरहेका हामीलाई चीनको एक दशक अगाडी गरेको पुननिर्माणले गिज्याइ रहेको छ । छिमेकीले भोगेको पिडा देखेर हामीले भैपरी आउने भवितव्यको पूर्व तयारी गर्ने सोचलाई पनि अगाडि बढाउन सकेका थिएनौँ वा गरेनौँ ।
ऐतिहासिक र भौगोलिकताको हिसाबले चीन प्राकृतिक विपत्ति भइराख्ने देश हो । सन् २०१३ मा लुसान भन्ने सहरमा पनि भूकम्प गयो । वेन्चुवानमा सिकेको कुरा र भएको गल्तीको ध्यान गरी चीनले प्राकृतिक विपत्तिको संयन्त्रलाई अद्यावधिक गरेकाले लुसानको ७ रेक्टर स्केलको भूकम्पमा उद्धार र पुनर्निर्माण छिटो र छरितो गर्न सकिने विषयमा नमुना नै प्रस्तुत गरेको थियो । २००८ मा यस्तो तयारी गरेको चीनले २०२० मा झन् कति भीषण विपद् व्यवस्थापनको तयारी गरेको होला सहज अनुमान गर्न सकिन्छ । वुहानमा यसपालि त्यसको सानो झलक देखिएको मात्र हो । चिनियाहरुको विपतको पूर्व तयारी राम्रोसँग गर्ने देशमा पर्दछ ।
१६०० शय्याको अस्पताल ८ दिनमा बनाउन त्यसै सम्भव भएको होइन । सरुवा रोग भएका कारण छुट्टै अस्पताल बनाउने चानचुने कुरा थिएन । सारा चीन भरबाट चालिस हजारभन्दा बढी डाक्टर, नर्स र स्वयंसेवकहरू भाइरसको केन्द्रबिन्दु वुहानमा ल्याएको थियो । सरकारले सारा जनतालाई घरमा बसेर सरकारलाई सहयोग गर्न आदेश दियो र चिनिया जनताले त्यसलाई सहर्ष स्वीकारे । निकै जनघनत्व भएको स्थानमा भाइरस नियन्त्रण गर्नुमा मुख्य हात चीन सरकार, कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र, स्वास्थ्यकर्मी र स्वास्थ्य निकाय र आम मानिसको नै रहेको छ । जसले यो भाइरसको रोकथाममा आफ्नो तर्फबाट पूर्ण प्रयास गरे र गरिरहेका छन् ।
चीन सुरुमा कोभिड-१९बाट आक्रान्त हुँदा युरोपेली र अमेरिकीहरू हाँस्दै रमाइरहेका थिए । उनीहरू चीनको आर्थिक स्तर र शक्तिको अवसान हुने भयो भनेर प्रसन्नता व्यक्त गरिरहेका थिए । वुहानमा चीन सरकारले गरेको लकडाउनलाई मानव अधिकारको विरुद्धको कदम भनेर दुत्कार्ण पनि परेनन् ।लकडाउनपछि त पश्चिमाहरू सतर्क हुन पर्ने हो, सावधान हुन नसक्नु नै उनीहरूको ठुलो भूल थियौ । आफ्ना विपतका पूर्व–तयारी संयन्त्रलाई चुस्त–दुरुस्त बनाउने आवश्यकता नै ठानेनन् । उनीहरूले के बुझेनन् भने भाइरसलाई संसार घुम्न भिसा र राहदानी चाहिँदैन । उनीहरूले मानिसलाई दिएको भिसा नै पर्याप्त छ भने र मानिसलाई निर्वात आवतजावत गर्न दिइरहे ।
यस भाइरसले कुनै धर्म, जात, नस्ल, वर्ण, भाषा, सभ्यता चिन्दैन र कसैको दया पनि मान्दैन भन्ने कुरालाई ख्याल राख्नको लागि चुके । आखिरमा त्यही भयो जुन कसैले कल्पनासम्म गरेको थिएनन् ।
सन् २०२० जनवरी २३ मा वुहानमा लकडाउन भएको थियो भने त्यसको ३ दिन अगाडी जनवरी २० मा कोरोना भाइरसको पहिलो सङक्रमित अमेरिकाको वाशिंगटनमा भेटिइसकिएको थियो । त्यति साधन स्रोतले भरिपूर्ण मानिएको देशले निकै गैर जिम्मेवार पूर्वक यस रोगलाई बेवास्ता अमेरिकाले गर्यो र त्यसको दुस्परिणाम आज अमेरिकी जनताले भोग्नु परिरहेको छ । आज युरोप र अमेरिका कोरोना भाइरसले त्राहिमाम भइरहेको छ । उता वर्तमानमा चीन भने उनीहरूलाई औषधि र राहतका सामग्री सहयोग दिन थालिसकेको छ ।
वर्तमान प्रविधि र साधन स्रोतको युगमा प्राय सबै पश्चिमी देशका जासुसी संयन्त्र सबै देशमा परिचालित हुने गर्छन् । चीनमा त अझ बढी भएको सहज अनुमान गर्न सकिन्छ । यदि चीनले नै यस्तो बदमासी गरेको थियो भने उनीहरूले हेर बस्थे होलान् र ? यदि हामी अझै पनि चीनलाई नै दोषी देख्न आतुर छौँ भने एक तितो यथार्थ के हो कि हामीले त्यस्तो सुक्ष्मसँग बिपतसँग लड्ने संयन्त्र र नेतृत्वमा दृढ निश्चय आफ्नो देशमा देखेका र भोगेको पनि छैनौँ ।
इतिहासकार युवल हरारेले एक ट्विट गरेका थिए कि ‘यदि तपाईँलाई भाइरस भनेको के हो ? र भाइरसले कसरी रोग निम्त्याउँछ ? भन्ने सामान्य ज्ञान नभए तपाईँमा यो कहाँ र कसरी उत्पत्ति भयो भनेर टिप्पणी गर्ने विश्वसनीयता र आधिकारिकता छैन ।’ वैज्ञानिकहरूको कुरा पत्याउनुहोस्, फेसबुक विभिन्न मनसायले राखिएका गफको कुरा होइन ।
चीन बिपत व्यवस्थापनको पूर्व तयारी निकै पहिले देखि र निकै चुस्तसँग तयार भएको हुँदा यो नियन्त्रण सम्भव भएको थियो भन्ने कुरा यहाँ बिर्सनु हुँदैन । चाहे त्यो पहिरो होस, भूकम्प होस वा अरू कुनै महामारीको तयारी हालतमा रहने गरेको छ । कोरोना भइरसफैलिनुमा ती देशहरू जिम्मेवार छन् जसले यसलाई हल्ला र मजाकका रूपमा लिए । मानिसको बाच्नुको अधिकार ‘जीवनको अधिकार’ ‘प्रजातन्त्र’का हिमायती देशहरूलाई उनीहरूले चीनलाई भन्ने गरेको एक ‘निरङ्कुश’ देशले देखाइरहेको छ र पाठ समेत पढाइरहेको छ ।