विपत्तिकै गीत जप्ने कि ! शैक्षिक क्यालेन्डर नबिगारी काम गर्ने तर्किव खोज्ने ?

विपत्तिकै गीत जप्ने कि !  शैक्षिक क्यालेन्डर नबिगारी काम गर्ने तर्किव खोज्ने ?

प्रा.डा. विद्यानाथ कोइराला  |  दृष्टिकोण  |  चैत ३०, २०७६

पुर्खाले घरमै पढे । घरमै पढाए । शास्त्रीय शब्दावलीमा लैङ्गिक विज्ञता सिकाए । बाबुले छोरालाई पढाएर । आमाले छोरीलाई पढाएर । उनीहरूको रहर हो–आफ्नोको निरन्तरता दिनु । अहिलेका केटा मात्रै पढेन स्कुल तिनै हुन । केटी मात्रै पढेन स्कुल तिनै हुन । लैङ्गिक समतावालाले यो कुरा पचाउन्नौँ । त्यसमा लैगिक विभेद देख्छौँ । मुस्लिमहरूले स्वागत गर्छौँ । यहीनेरको छनौट हो–संस्कारमा चल्ने कि कथाले मागेको कुरा गर्ने ? विवादको गेडो त्यति नै हो । 

आचार्य, गुरु, खेन्पो, रिम्पोछे, लामा, मौलवी, मौलानाहरुले पठन पाठनका लागि बाहिरी संस्था बनाए । आचार्य कुल, गुरुकुल, आश्रम, गुम्वा/ गोन्पा, मख्तव, मदरसा संस्था हुन । तिनले घरमै पढेन पढाउने कुरा बदले । त्यहाँ बाबु शिक्षक भएन । आमा शिक्षक भइनन् । तर पनि उनीहरूले लैङ्गिक विज्ञताकै अनुसरण गरे । केटीहरूको आचार्य कुल । केटाहरूको गुरुकुल । केटीहरूको आश्रम । केटाहरूको आश्रम । आनी गुम्बा । लामा गुम्बा । आइसा मदरसा । केटा मदरसा । यी सबै प्रबन्धहरू लैङ्गिक विज्ञताकै  निरन्तरता हुन । तीमद्धे केहीले बाकस बाहिर (आउसाइड द बक्स) हेरे । तिनले उमेरको पनि ख्याल राखे । साना कक्षामा सह शिक्षा । ठुला कक्षामा लैङ्गिक भिन्नता । यो पनि शास्त्रीय रिवाज हो । पिँढी शिक्षा हुँदा पनि हामीले त्यही नियति भोग्यौँ । पश्चिमी शैलीका स्कुल भित्र्याउँदा पनि हामीले त्यो बुद्धि छोडेनौँ । पद्मोदय स्कुल केटाको । पद्मकन्या स्कुल केटीको । सोच त्यही हो । 

पुँजीवादी देशहरूले अनिवार्य शिक्षाको अभ्यास गरे । साम्यवादी देशले त्यसको विस्तार गरे । अहिले अनिवार्य शिक्षा सबैको एजेन्डा बनेको छ । तर स्कुललाई नपत्याउने अमेरिकीहरूले अभिभावकले घरैमा पढाउने प्रबन्ध (होम स्कूलिंग) गरे । बेलायतीहरूले त्यसैलाई घरैमा शिक्षा (होम एजुकेसन) भन्ने नाम दिए । स्कुल भत्काऊ अभियानवाला (डीस्कूलर्स) हरूले प्रविधि, प्रकृति, तथा समाजसँग सिक्ने बाटो खोले । अनौपचारिक शिक्षावालाले प्रविधिको सहारामा पढाउने चिन्तन ल्याए ।  खुला शिक्षालयवालाहरूले चाहिँ घरैमा पढाउने शिक्षा (होम स्कूलिंग), बाकसमा शिक्षा (स्कुल इन ए बक्स), स्वअध्याय (अटोनोमस लर्निंग), तथा घरैमा पढाउनेहरूको सहकारी (होमस्कूल कोअपरेटिभस)को चिन्तन मिसाए । अर्थात् बाकसमा शिक्षा दिँदा औपचारिक विद्यालयको संरचना छोडेनन् । स्वअध्याय शिक्षाको कुरा गर्दा विद्यार्थीको रुचिगत शिक्षालाई पनि क्रेडिट दिने प्रबन्ध गरे । पढाउनेहरूको सहकारीमार्फत विद्यालयको जस्तो जमघटमा सिक्ने प्रबन्धलाई निरन्तरता दिए । अर्थात् खुला शिक्षावालाले गुरुकुलको चिन्तनलाई आत्मसात् गरे । एक चौथाइ गुरुसँग सिक भनेर । दोस्रो चौथाइ साथीसँग सिक भनेर । तेस्रो चौथाइ कहलिएका विज्ञसँग सिक भनेर । चौथो चौथाइ आफ्नै अनुभवसँग सिक भनेर । श्रेय आफूले लिए । तरिका हाम्रै गुरुकुलका लगे । 

नेपालले अनेक विपत्तिहरू भोग्यो । बाढी पहिरोको । भूकम्पको । स्वाइनफ्लूको । अहिले कोरोनाको । भोलि अर्को कुनै विपत्ति आउन सक्छ । त्यसको । हामीले मधेसको बाढीमा आधुनिक प्रविधि प्रयोग गर्‍यौं । रेडियोबाट पढाएर । टेलिभिजनबाट पढाएर । अनलाइनबाट पढाएर । भूकम्पमा त्यसो गरेनौँ । छिमेकी चीनले बाहुनका तीन करोडलाई आधुनिक प्रविधिबाटै पढायो । बेलायतले चाहिँ ६ कक्षासम्मका बालबालिकालाई घरमै स्कुल (स्कुल एट होम) पुर्‍याउने प्याकेज बनायो । त्यो प्याकेजको नाम राख्यो- एक प्याकेटमा अनेक विषय भएको थैली (अल इन वान होम स्कूलिंग प्याकेज)। यो थैलीमा विद्यार्थीको लागि दैनिक समय तालिका छ । स्कुलको पाठ छ ।

शिक्षक तालीम, समुदायमा विद्यालय व्यवस्थापन, नमुना विद्यालय, स्वायत्त क्याम्पस जस्ता खानै पर्ने तर पखाला लाग्ने ऋण तथा दान दिन जानेका विदेशीहरूले पनि चाहिने ठाउँमा लगानी गर्न सक्छौँ । संस्कृतिगत सिकाइ नजानेका तर विदेशीका प्रक्रियागत सिकाइको रट लगाउने अगैससहरुले प्राविधिक तथा आर्थिक सहायता दिनसक्छौं ।

विद्यार्थीको रुचिको सिकाइ छ । अभिभावक नभएका, विपन्न तथा हिंसामा परेका वा पर्न सक्ने बालबालिकाहरूका लागि एकीकृत शिक्षा दिने शिक्षकको प्रबन्ध गयो । कक्षा ६ भन्दा माथिका बालबालिकाहरूलाई 'माइक्रो सफ्ट किंग' नामक सफटवेर बनायो । त्यसैबाट पढेन पढाउने प्रबन्ध गर्‍यो । उच्च शिक्षाका विद्यार्थीहरूलाई अनुसन्धानमा लगायो । पाठ्यक्रम उनैसँग छ । पढेन उनीहरूले नै हो । आवश्यक परे सम्पर्क राख्ने शिक्षक तथा प्राध्यापकहरूको टुङ्गो गरिदियो । स्काइप कक्षा । भर्चुअल कक्षा । भेटघाट कक्षा । फोन इन कक्षा । यसको अर्थ होऔ- विपत्तिले उनीहरूको क्यालेन्डर बिथोलिएन । विद्यार्थीलाई के गर्ने भन्ने समस्या रहेन । सबै व्यस्त बनाइए । अभिभावक सिकाउनमा । विद्यार्थी जहाँबाट पनि सिक्नमा । दूर शिक्षणको तरिकाले परीक्षा लिए । अर्थात् विद्यार्थीले आफैँ बसेको ठाउँबाट जाँच दिने प्रबन्ध मिलाए । अनलाइन जाँच गरे । घरैमा लेख्ने (टेक होम) जाँच गरे । माओको सोचमा पनि विद्यार्थीले महिना दिन अघि नै प्रश्न पाउँथ्यो । पाउनु  पर्दथ्यो । त्यसैको आधारमा उसले आफूलाई तयार गर्थ्यो । अर्थात् आधुनिक प्रविधि नपुगेको ठाउँमा पनि माओको बुद्धि काम गर्थ्यो ।   

हाम्रा निर्णयकहरु पदीय विज्ञ हौँ । परम्परावादी पनि छौँ । कुरामा क्रान्तिकारी । काममा परम्पराभन्दा पनि पछाडि । त्यसैले दर्शक हेरेर बोल्छौँ । त्यही बोलीमा अल्झ्न्छिौं । माकुरा जस्ता । त्यसैमा मर्छौँ । मारिन्छौँ । शिक्षामन्त्री, कर्मचारी, प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीहरू, शिक्षक महासङ्घ, विश्वविद्यालयका पदाधिकारीहरू, प्राध्यापक सङ्घ, अगैसस, मानव अधिकारवादी, वालअधिकारवादी सबै एउटै कोटिका देखियौँ । त्यसैले हामीले बन्द भन्न जान्यौँ । परीक्षा बन्द । पढाइ बन्द । बन्दको बेलामा के गर्ने के गराउने भन्ने कुरामा चासै लिएनौँ । चिन्तित बनेनौँ । चिन्तनशील पनि देखिएनौैं । विद्यार्थी तथा अभिभावकका संघसंगठनहरु, देशको ठेक्का लिएका राजनीतिक दलका नेताहरू पनि त्यसभन्दा भिन्न रहेनौँ । त्यसको एकल कारण हो-हामीहरू जिम्मेवार व्यक्ति होइनौँ । बनेनौँ । बनाइएनौँ । बरु पत्रकारहरू जिम्मेवार देखियौँ । कमसेकम चासो त लियौँ । हल्ला त मच्चायोैं । 

विपत्तिमा शिक्षा दिने अनेकन् तर्किवहरु छन् । चिनिया तर्किबले भन्छ- आधुनिक प्रविधिमार्फत विद्यार्थीलाई पढाऔँ । बेलायती तर्किबले भन्छ - संरचनात्मक औपचारिक शिक्षा, अनौपचारिक शिक्षा तथा निजात्मक शिक्षाबिच समन्वय गरी वालविकास तथा आधारभूत तहका बालबालिकालाई हुने गरी कक्षागत अनेक विषय भएको थैली (अल इन वानको प्याकेज) बनाऔँ । माध्यमिक तहका लागि सफ्टवेयरमार्फत पढेन पढाउने प्रबन्ध गरौँ । त्यसका लागि मिदास, कुल्याब, तथा खुला विश्वविद्यालयको अनुभव लिनसक्छौं । वाल विकासको प्याकेज बनाउन कार्टुनिष्टहरुको सहायता लिनसक्छौं । फेसबुकेहरुका तस्बिर तथा भिडियो बटुल्ने वेबसाइट बनाउन सक्छौँ । सोलर सिनेमा बनाउने युवाहरूको सहायता लिनसक्छौं । डा.महावीर पुनहरूले त्यसमा ज्यान भर्न सक्छौँ । विद्यालय तथा विश्वविद्यालयका शिक्षक / प्राध्यापक, एवं विद्यार्थीहरू काम लाग्न सक्छौँ । केवल तिनलाई ललकार्ने बुद्धि भएको नेतृत्व भए पुग्छ । घरघरैबाट यो काम हुनसक्छ । 

माथिका तर्किवहरुले ललकार खोज्छन् । त्यसैले भन्छु- फेसबुक नचलाउने शिक्षक छैनौँ । तिनलाई खोइ ललकारेको ? प्राध्यापकहरूलाई खोइ चुनौती गरेको ? कार्टुनिष्टहरुलाई खोइ बोलाएको ? पदीय सर्वज्ञ मानिएका मन्त्रीहरूको कुरा पनि रिट्ठो नबिराई प्रसार गर्ने सञ्चारकर्मीहरूलाई खोइ सर्जक बनाएको ? जसले जसलाई र जहाँ फोन गरे पनि कोरोनाको सन्देश दिनसक्ने दूरसञ्चार कार्यालयलाई खोइ लयमा ल्याएको ? जहाँको एफ एम तथा टेलिभिजन खोले पनि आ-आफ्नै दलका गीत तथा भजन गाउने रेडियो एवं टेलिभिजनलाई खोइ उपयोग गरेको ? अनलाइन तथा सामाजिक सञ्जालहरुलाई खोइ सिर्जनात्मक काम दिएको ? देश विकासको डिङ हाँक्ने विश्वविद्यालयका विद्यार्थीहरूलाई खोइ अनुसन्धानमुखी बनाएको ? उनकै घरको अन्तरपुस्तेनी ज्ञान (इन्टर जेनरेसनल नलेज) को अनुसन्धान गर्न नलाएकाे ? उनकै खेतबारीको बालीनालीको बदलिँदो जानकारी लिन । पुर्खाका ज्ञानमारा हाम्रा पुस्तालाई बाटो देखाउन पुर्खौली ज्ञान, आधुनिक ज्ञान तथा शास्त्रीय ज्ञानबिच के कस्तो सम्बन्ध छ भनी खोज्न खोजाउन । विश्वविद्यालयका प्राध्यापक तथा तिनका नेतृत्वहरुले यो काम किन नगरेको ? किन नगराएको ? आफ्नै शरीरको ध्यान गरेर पनि ज्ञान आर्जन गर्ने पुर्खाका सन्ततिमा खोइ त्यो चेत पलाएको ? आफ्नै अनुभवले अनुसन्धाता बनेका दलित तथा जनजातिका विज्ञहरूबाट सिक्ने सिकाउने बुद्धि खोइ बनाएको ? 

चेत खुले हामी घरघरमा पढेन पढाउनेहरूको समूह बन्न सक्छौँ । पहिले एकल रूपमा । क्रमशः सहकारीको रूपमा । यसमा घरबसुवाहरु कामयाबी हुन्छौँ । हामी अन्तर पुस्तेनी शिक्षा दिन्छौँ । नयाँ पुस्तासँग शिक्षा लिन्छौँ । सेवानिवृत्तहरु यो काम गर्न सक्छौँ । वाल विकासका शिक्षकहरू सामग्री बटुल्न सक्छौँ । आ-आफ्ना संस्कारका । आ-आफ्ना समाजका । ती सामग्रीहरूको डोको बनाउन सक्छौँ । घरायसी डोको । त्यही डोकोमा वालविकासका बालबालिकाहरूलाई खेलाउन सक्छौँ । खेलखेलमैं सिकाउन सक्छौ । आधारभूत शिक्षाका शिक्षकहरू अनेक विषय भएको थैली बनाउन सक्छौँ । बाकसमा स्कुल (स्कुल इन ए बक्स) का लागि चाहिने सामग्री बनाउन सक्छौँ । फेसबुकबाट विद्यार्थीलाई दिनको एउटा प्रश्न दिन सक्छौँ । उत्तर खोज्न तथा खोजाउन सक्छौँ । केहीलाई पिँढी शिक्षा दिनसक्छौं । माध्यमिक तहका शिक्षकहरू सफ्टवेयरमार्फत पढेन पढाउने प्रबन्ध गर्न सक्छौँ । आवश्यकता अनुसार पिँढी शिक्षा दिन सक्छौँ । विद्यार्थीलाई सिकाइमा लगाउन सक्छौँ । प्राध्यापकहरू उच्च शिक्षाका विद्यार्थीहरूलाई अनुसन्धाता तथा सिद्धान्तकार बनाउन सक्छौँ । संचारकर्मीहरु आ-आफ्ना सञ्चारका साधनहरूमार्फत विद्यार्थी तथा शिक्षकमा पुग्ने सामान पठाउन सक्छौँ । कसले के सिक्यो भनी अनुगमन गर्न सक्छौँ । सबै तहका वैतनिक तथा भत्तावाल जनप्रतिनिधिहरू आवश्यक उपकरण तथा प्रबन्ध मिलाउन सक्छौँ । सबै समूहका संघसंगठनहरु चाहिँ आ-आफ्ना झण्डाका मानिसहरूलाई शिक्षा दिन सक्छौँ । दीक्षा दिनसक्छौं । 

सघाउने तथा तर्साउनेहरूलाई रकम दिन सक्ने प्याब्सन तथा एनप्याब्सनका हस्तीहरू पैसा दिन सक्छौँ । विकास बजेट खर्चिन नसक्ने सबै तहका जनप्रतिनिधिहरू थप लगानी गर्नसक्छौं । शिक्षक तालीम, समुदायमा विद्यालय व्यवस्थापन, नमुना विद्यालय, स्वायत्त क्याम्पस जस्ता खानै पर्ने तर पखाला लाग्ने ऋण तथा दान दिन जानेका विदेशीहरूले पनि चाहिने ठाउँमा लगानी गर्न सक्छौँ । संस्कृतिगत सिकाइ नजानेका तर विदेशीका प्रक्रियागत सिकाइको रट लगाउने अगैससहरुले प्राविधिक तथा आर्थिक सहायता दिनसक्छौं । पढाउनुको सट्टा सिकाउनुपर्छ भन्नेहरू स्वअध्याय सामग्री बनाउन सक्छौँ । निर्देशित सामग्री (गाइडेड म्याटेरियल) बनाउन सक्छौँ । पुलेसा सामग्री (ब्रिज म्योटेरियल) बनाउन सक्छौँ । 

घरमै पढेन पढाउने पुर्खौली मन्त्र/ स्तोत्रमा जाग्रत पुर्खाले भनिदिए - मन्त्र नहुने अक्षर छैन । औषधी नहुने बिरुवा छैन । अयोग्य व्यक्ति छैन । योजक मात्रै हाम्रो खाँचो हो । योजकको भूमिकामा रहेकाहरूमा यो चेत आउला त ? किनकि अहिलेको विपत्तिले त्यस्तै योजक खोजेको छ । शिक्षा मन्त्रालयमा योजक । विश्वविद्यालयमा योजक । संघसंगठनहरुमा योजक । संचारकर्मीमा योजक । आधुनिक प्रविधि प्रयोगकर्ताहरुमा योजक । विभिन्न विद्हरुमा योजक । ती ससाना योजकहरुको पनि योजक अर्थात् महायोजक । तलको संस्कृत मन्त्र/स्तोत्रले त्यही कुरा खोजेको छ ।  

अमंत्रमक्षरं नास्ति नास्ति मूलमनौषधम्‌ ।
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः॥

संस्कृतको अर्को मन्त्र/ स्तोत्रले भन्छ:

आचार्यात् पादमादत्ते पादं शिष्यः स्वमेधया ।
सब्रह्मचारिभ्यः पादं पादं कालक्रमेण च ॥

सबै तहका हाम्रा विद्यार्थी तथा शिक्षक/प्राध्यापकहरुमा यो मन्त्र/ स्तोत्र लागुगर्ने अभियान चलाऔं  । विपत्ति साम्य भएपछि पहिलो चौथाइको काम गरौंला । बाँकी तीन चौथाइ काम (नजीकका साथीसँग संवाद गर्ने, पैताले विज्ञ (बेयरफूट एकसपर्ट) सँग कुरागर्ने तथा आफ्नै अनुभवबाट सिक्ने) घरघरमै सम्भव छ । आधुनिक प्रविधि मार्फत । दूरी कायम राख्ने संवाद मार्फत । नभए सम्भव बनाउन सकिन्छ । प्रश्न हो-  विपत्तिकै गीत जप्ने कि विपत्तिमा पनि शैक्षिक क्यालेन्डर नबिगारी काम गर्ने तर्किव खोज्ने ? योजक तथा महायोजकहरुको मर्जीमा छोडें ।