मनिष केएस भट्टराई | दृष्टिकोण | बैशाख ०२, २०७७
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसले विश्वलाई एक किसिमले तहसनहस बनाइरहेको छ । लकडाउनमा रहेका विभिन्न राष्ट्रहरू भयभरको शक्ति यसको नियन्त्रण गर्न होइन, यसबाट मानवीय क्षति कम गर्न खर्च गर्नु परिरहेको छ । यो पनि निकै होसियारी अपनाएर असरलाई न्यून गर्न प्रयासरत छ विश्व ।
यसका बाबजुद पनि कतिपय राष्ट्रले नियन्त्रण गर्ने कार्यमा सफलता हात पारे भने कति राष्ट्रले अझ पिन निकै गम्भीर ठुलो क्षति बेहोर्नु परिरहेको छ । चाइनाको हुबै प्रान्तको हुवान सहरबाट देखा परेको कोभिड–१९ ले विश्वमा एक पछि अर्को गर्दै हजारौँको ज्यान लिइरहेको छ । यसले विश्वभर एक किसिमको आतङ्कको तरङ्ग नै फैलाइरहेको रहेको छ । कतिपय राष्ट्रले सुरुमा यस भाइरसलाई सामान्य रूपमा लिनु गम्भीर भूल थियो । त्यो भूलको कारण निकै गम्भीर क्षति समेत बेहोर्नु परिरहेको छ ।
नेपालको हकमा भारतसँगको खलासीमाना तथा नेपाल सरकारले पनि सुरुवाती चरणा गरेको हेलचक्राइ बाबजुद पनि पछि केही एक दर्जनको हाराहारी मात्र कोरोनाको सङ्क्रमणीत भएकाे अवस्था छ । शायद, प्रकृतिको विशिष्ट गुणले हुन सक्छ हालसम्म नेपालमा मानवीय क्षति भएकाे छैन । यसलाई खुसी कै कुरा मान्न पर्दृछ । तर पनि कोभिड–१९ को सन्त्रास जनता सामु ठुलो पहाड नै बनेर खडा भइरहेको छ । नेपाल सरकारले गरेको लकडाउनले निकै सकारात्मक प्रभाव परेको छ । जनताहरू स्वयम युरोप र अमेरिका जस्ता देशमा फैलिएको महामारीको सूचनाबाट सचेत भएकोले सबैको सहयोग र समर्थन लकडाउनको पालना पूर्ण रूपले हुँदा गम्भीर समस्याबाट नेपाल जोगिन केही हदसम्म सफल भएकाे छ ।
यद्यपि जटिलता अझै कायम रहेको छ । युरोप र अमेरिकाको पाठ सिकाइबाट हामीले सचेतना अपनाउन मौका गुमाउन भने हुँदैन । युरोप र अमेरिकाको पाठ र भोगाइलाई सामर्थ्य विकास गर्ने कुरामा सदुपयोग गरी बिकासित हुँदै सुरक्षित राख्न र रहन सदुपयोग गर्न जरुरी भनेछ ।
तसर्थ एकतामा बल हुन्छ भनेझैँ आज मात्र होइन जुगौं जुगसम्म हामी एकजुट भएर आउने यस्ता समस्या र प्रकोपसँग लड्न तयार हुने संरचनाहरूको विकास गर्न राज्य तयार हुनु पर्छ । मानव जाति र मानवीयताको पक्षमा सधैँ आफू उभिँदा मात्र संसारलाई मार्ग निर्देशन गर्न सकिन्छ । यो नै हाम्रो मुख्य दायित्व पनि हो ।
कोभिड–१९ ले विश्व अर्थ व्यवस्था र व्यापार व्यवसायमा ल्याएको उथलपुथलबाट हामी पनि अछुतो रहन्न सक्दैनौ । जसले दैनिक उपभोग्य अत्यावश्यक बस्तु, सबै विविध ब्याबसायीलाई प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेकाे छ । लकडाउनका कारण सम्पूर्ण यातायातका सेवाहरू बन्द छन् । जसले दैनिक आवतजावत तथा विविध काम काज ठप्प भइरहेको छ । नेपाल सरकारले स्वास्थ्यमा ध्यान राख्दै नेपाली जनतालाई धैर्य रहन र कुनै अप्ठेरो हुन नदिने आव्हान गरिरहेको छ । यद्यपि सरकारी स्तरमा भएको केही लापरबाही र कमजोरीले गर्दा आम नागरिकले सरकारको आव्हान प्रति विश्वस्त हुन सकिरहेका छैनन् । जस्का कारण किसिमको त्रासको तरङ्गमा आम नागरिक रहन वाध्य छन् । यो सुरुवाती दिनदेखि नै रहँदै आएको अवस्था छ ।
लकडाउनमा स्वास्थ्य उपचारका विभिन्न उपकरणहरू सरकारी तवरबाट चिकित्सकको सुरक्षाको लागि उपलब्ध गराउन नसक्दा चिकित्सक आफै पनि असुरक्षित महसुस गरिरहेको अवस्था छ । यसको रोकथाममा यसले गम्भीर खालको असर गरिरहेको छ । विभिन्न राष्ट्रले सहयोगको सान्त्वना दिइरहेका छन् र चाइनाबाट केही उपकरण सहयोग पनि गरिसकेको छ ।
तर यसबिचमा निजी अस्पातलहरुबाट औपचारिक रूपमा असहयोग हुङ्कार सुनिनु आफैँमा दुःखको कुरा हो । यसले जनतामा एक किसिमको निजी अस्पताल प्रति आक्रोश पनि व्यापक रूपमा व्यक्त भइरहेको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसले संसारलाई एक किसिमले त्रासमय बनाएर सम्पूर्ण मानव जातिमाथि नै धावा बोली रहँदा उपचार सेवा नदिनु महाभूल हुन जानेछ ।
यो कोरोना भाइरसको आक्रमणलाई कतिपयले यसलाई जैविक युद्धको सुरुवात हो भनेर नि व्याख्या गरिरहेको पाउँछौ । धेरै देश जुन राष्ट्रले स्वास्थ्यलाई निकै संवेदनशील मानेर स्वास्थ्यको पूर्ण विकसित र सक्षम मान्दै आयका थिए । उनीहरूको त्यो सक्षमता कोभिड–१९ ले गम्भीर तरिकाले घुँडा टेकाएको अवस्था छ । आम सर्वसाधरणदेखी राष्ट्रप्रमुखसम्मलाई एकै पटक आक्रमण गरेपछि पुर्यार संसारलाई नै सोच बाध्य बनाएको छ । सायदै, यो उनीहरूको कल्पनाभन्दा बाहिरको कुरा थियो ।
कोरोना भाइरसको लडाइँ आजको दिनका लागि मात्र होइन यसमाथि विजयी हासिल गरेपछि पनि मानव जातिले बसौंसम्म सङ्घर्ष र लडाइँ गर्नुपर्ने ठाउँमा पुर्याइदिएको छ । हालसम्म विज्ञहरूको अनुसन्धानले याे भाइरस जनावरबाट मानिसमा सर्न सक्ने बिशेषगुण कोरोनामा पाइएको छ । यसका बरिुद्ध मानव जातिले दसकौंसम्मे लडाइँ लड्नु पर्ने निष्कर्ष क्यालिफोर्नियास्थित क्रिप्स रिसर्च इन्स्टिच्युटका क्रिस्चियन एन्डरसन, एडिनबरा युनिभर्सिटीका एन्ड्र्यु राम्बट, कोलम्बिया युनिभर्सिटीका इयान लिपकिन, युनिभर्सिटी अफ सिड्नीका एडवर्ड होल्म्स र तुलान युनिभर्सिटीका रोबर्ट गेरीले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । जुन कुरो गत मार्च १७ मा ‘नेचर मेडिसिन’ नामको साइन्टिफिक जर्नलमा प्रकाशित समेत भएको छ ।
महामारी अर्थात् कोरोना भाइरस फैलिने, संङक्रमण हुने कुनै समय र अडकल गर्न सकने विषय हाेइन् र छैन । अझ भनौँ यसको रोकथामको तत्काल कुनै औषधि उपचार भेटिएको छैन । केवल आआफ्नो तरिकाले स्वस्थ र सुरक्षित रहने उपाय अपनाउनुको विकल्प विश्व सामु देखिएको छैन ।
विश्व आतकंति बनिरहेको बेला केही राष्ट्रले कोभिड–१९ को औषधी बनाउनलाई अघि सरेको उल्लेख गरेता पनि त्यसमा खशै सफलता हात पार्न सकिरहेका छैनन् । कोरोना भाइरसले ल्याएको भयभह स्थितिले नै हामी कति अव्यवस्थित रहेछौ भन्ने कुरो पुष्टि हुन पुगेकाे छ । सामान्य हात धुने कुरादेखी लिएर रुघा खोकीमा पनि हामी कति लापरबाही गरेर बाँची रहेका रहेछाैं प्रस्ट भइसकेको छ ।
कोरोनाको त्रास जनमानसमा विभिन्न रूपले यथावत् छ साथसाथै यस महामारीले हामी मानव जाति कति सुरक्षित छौ भन्ने कुरो राम्रोसँग सिकाएको छ । अमेरिका, युरोप जस्ता राष्ट्रहरू जहाँ स्वास्थ्यलाई लिएर आफूलाई निकै संवेदनशील राष्ट्र मान्ने गरेका थिए । कोरोना महामारीले त्यहाँ भयको मृत्यु दरले जो कोहीको पनि आङ सिरिङ्ग बनाइरहेको छ । नेपाल जसले स्वास्थ्य क्षेत्रलाई खासै ध्यान दिन नसकेकाे देशले अमेरिका, युरोप भएको मृत्युको सङ्ख्या देखेर एकदमै त्रास हुनु स्वभभिक नै हो । यदि नेपालमा कोरोना भाइरसको चौथो चराणमा प्रवेश गरेर महामारीका रूपमा फैलियो भने हजारौँ मनिसको मृत्युको विकल्प छैन । जनुकुरा सरकार वा स्वास्थ्यको संरचनाले धन्न सक्ने अवस्था छैन ।
बच्चादेखी बुढाबुढीसम्म सङ्क्रमण फैलियो भने यो आफैमा कति भयाभह हुन्छ भन्ने कुरो त विश्वभरीको मृत्युदरबाट प्रस्ट हुन्छ । सामान्य लक्षणबाट आक्रमण गर्ने यस भाइरसले बिस्तारै छाती र किड्नीमा असार पुर्यउने मात्र होइन ज्यानै लिने हुन्छ । यस कारण कोरोना भाइरस विरुद्धको लडाइँ हामी सबैको लडाइँ हुन पुगेको छ । यसले विश्वलाई एकजुट बनाउन भने सघाएको छ ।
राजनीतिक, सामाजिक र धार्मिक लडाइँलाई थाती राखेर एक अर्का विरुद्धका आग्रह पूर्वाग्रहलाई त्यागेर सबैले आ–आफ्नो कर्म गर्न सकेमात्र यस महामारीविरुद्धको लडाइँमा सफलता हासिल गर्न सकिने छ । सफलता हासिल गर्ने कि असफल हुने त्यो अब हाम्रो हातमा नै छ । नेपालमा पनि कोरोना महामारीमा राजनीतिक आग्रह पूर्वाग्रहका शृङ्खला जारी हुँदाहुँदै यो कोरोनाको महामारीले सबैलाई एक ठाउँमा भने ल्याइदिएको छ । महामारीसँगको युद्धमा विजय प्राप्त गरेपछि हामीले प्रजातन्त्रको रक्षा र समृद्धिको यात्रालाई पनि यसरी नै एकजुट भएर अघि बढाउन सकिने छ ।
तसर्थ एकतामा बल हुन्छ भनेझैँ आज मात्र होइन जुगौं जुगसम्म हामी एकजुट भएर आउने यस्ता समस्या र प्रकोपसँग लड्न तयार हुने संरचनाहरूको विकास गर्न राज्य तयार हुनु पर्छ । मानव जाति र मानवीयताको पक्षमा सधैँ आफू उभिँदा मात्र संसारलाई मार्ग निर्देशन गर्न सकिन्छ । यो नै हाम्रो मुख्य दायित्व पनि हो । २०२० ले हामी सम्पूर्ण मानव जाति माथि गतिलो झापड हानेर हामीलाई मानवीयताको गहिरो पाठ पनि सिकाएको छ । हामीले यसलाई अवसर र शिक्षाको रूपमा लिन जरुरी छ ।