डा. घनश्याम परिश्रमी | साहित्य | बैशाख ०८, २०७७
कलुषित मन आत्मीय हुँदैनन् !
पीडित जनका दुख बुझ्दैनन् !!
मौका पर्दा चौका हान्छन् !
सज्जनलाई दुश्मन ठान्छन् ।।१
जताततै गर्दछन् दलाली ।
पासाे थाप्छन् सबतिर जाली ।।
हिँड्छन् साजिस गाेटी चाली।
घातक चिन्तन मनमा पाली ।।२
आफ्नै हाेस् सब हालिमुहाली।
यस्तै यस्तै साेच्छन् खाली ।।
घुस खान्छन्, हुन् कमिसनखाेर।
भित्री तहका डाँका चाेर ।।३
बाेली सुन्दा सज्जन लाग्ने ।
व्यवहार भने राक्षस जाग्ने।।
यस्ता मानुष कल्मषधारी।
दुनियाँमा छन् भक्त पुजारी ।।४