सिन्धु जलेसा | साहित्य | बैशाख २७, २०७७
बुहानबाट शुरु भई फैलियो संसारभरी
समुह भिडमा होइन हिड्नु पो एक एक गरी ।
साग–सब्जी,ताजाफलफूल र पिउनुस तातो पानी
रोगप्रतिरोधिक्षमता बढाउने खानाखानु छानी ।
कस्तो यो हो भाइरस धनी र गरीब जान्दैन
धर्म, भुगोल र जात कसैलाई भेदगर्दैन ।
विरामीको पसारो होशियार हुनु औषधि छैन गरे
लासको खातदुःखको चित्कार नजिकनजानु अरे
लास बोकी घाट मलामीजानहुन्न अरे
आफ्नो मुटु चुडेर जादा छुन पनिहुन्न अरे ।
विभत्स सारा संसारमा नरसंहार कति
निष्ठुरी दयागर्दैन रोएपनि छाति पिटी ।
नेपालआमाको काखमा पल्टिन आउँछु भनेथे
छेक्यो छेक्यो पापी दुष्टले विचमा मै परे ।
न त आउन सके घरमा न मन छ मेरो वशमा
उडाईलग्यो मेरो सानु संसारकै सपना ।
मूल्य छैनजीवनको मानवको के हालछ
ज्यूदो लास सरी जीवन कस्तो यो वेहालछ ।
परदेशमाहाम्रो को पो नै छ र वरै
साग सिस्नु खाउला बरु आउ छिट्टै घरै ।
विभत्स यो महामारी रोक्न सक्छ कल्ले
गर्छहोशियार भई सामाजिक दुरी जल्ले ।
नेपाल सरकारको राम्रो र उचितकदम
चारै दिशाचारै कुनाबाट दह्रो समर्थन ।
बचाउनलाई लकडाउन सारा नेपाली जन
जे जे छ झिकी घरघरमा बसे खाइकन।
चिन्तापीर डरमा बसेर काँपो भोर
पार गर्न सक्नु पर्छ कठिन वनघनघोर ।
आउ–आउ हामी सबै लडौ दुष्ट कोरोनासँग
मिलाउ,आत्मा एक भई हाम्रो सुन्दर प्रकृतिसँग।