विमल ढकाल | साहित्य | बैशाख २७, २०७७
राम्रै बन्न खोज्छ मान्छे त्यसकै निम्ति धाउँछ।
न त थाक्छ गाई गान न त बिसाउँछ ।।
माथि उठ्नुपर्छ उसलाई अरूलाई झारी ।
अमृत भनी खुवाउँछ विष मिसाउँछ ।।
प्रशांसाको भोको मान्छे बखान सुन्नुपर्ने ।
आलोचना गर्नै हुन्न छिट्टै रिसाउँछ ।।
काले डल्ले भन्नै हुन्न देख्दा त्यस्तै भए पनि।
आफूमाथि गर्व गरी मैलाई गिज्याउँछ ।।
राष्ट्रभक्ति उसैको रे देशै छोडी गए पनि।
न ऊ सक्छ मौन बस्न न फर्केर आउँछ ।।