मनिष केएस भट्टराई | दृष्टिकोण | बैशाख २८, २०७७
आज हामी २१ औ शताब्दीमा हिँडिराख्या छौ । विगतका दिनहरूलाई कोट्याएर हेर्नु पर्दा निकै चुनौतीहरू हामीले पार गरी सकेका छौ । विकासदेखि सामाजिक रूपान्तरण सम्मका काम भयका छन् । बाटो नभएको ठाउँमा आज बाटो पुगेको छ । ठुलाठुला भवनहरू बनेका छन् । विकासले निकै महत्त्वपूर्ण फड्को मरेको छ ।
देशमा राजनैतिक परिवर्तन नि धेरै भए । राणा शासनदेखी पञ्चायत, बहुदलीय व्यवस्था अनि गणतन्त्र सम्मको यात्रा । । प्रजातन्त्रको स्थापना सँगसँगै विकासप्रति जनता एकरूप हुनु समयको नै माग थियो । आजभन्दा करिव ३० वर्ष पछाडि फर्केर हेर्ने हो भने आजको समयमा निकै परिवर्तनको महसुस हामी गर्न सक्छौ । परिवर्तित संविधान , राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाले ठुलो इतिहास बोकेको छ । बहुदलमय व्यवस्थामा राजनैतिक उथलपुथलले नयाँ आयाम थपेको छ । पञ्चायतको विरुद्धको सङ्गर्स, शहीद हरूको त्याग र बलिदान अनुकरणीय छ । आज हामी २०७७ सालमा छौ ।
नयाँ वर्षको आगमन सङसङ्गै राजनैतिक दायित्व र राष्ट्रिय दिशा हाम्रो लागि ठुलो जिम्मेवारी बन्न पुगेकाे छ । कोरोना महामारीले संसार अस्तव्यस्तको अवस्थामा राष्ट्रिय अर्थव्यवस्था र राजनैतिक उतारचढाव बनाइिदएकाे छ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकार छ । करिब दुईतिहाइकाे सरकारमा रहेको नेकपा निकै महत्त्वपूर्ण कदमका साथ राष्ट्र सञ्चालनमा खरो उत्रिँदै छ ।
तसर्थ हामी आम नागरिक सम्पूर्ण जातजाति, धर्म, लिङ्ग भेषभुषा सबै मिलेर अघि बढ्नुकाे बिकद्यप छैन् । राजनैतिक चेतना जब सम्म प्रत्येक जनतामा निखारेर विकास हुँदैन तब सम्म हामी सक्षम प्रतिनिधि चयनमा चुक्ने छौ । विकासको निमित्त ठुलो बाधक हुनेछ । राष्ट्रिय हित,प्रजातन्त्रको रक्षा सङसङै बिक्कउन्मुख समाज आजको आवश्यकता हो । तसर्थ स्वावलम्बी नागरिक भएर राजनीतिक चेतनाको विकास सङसङै राष्ट्रिय प्रगति गर्नु नै हामी सबैको दायित्व हो ।
यद्यपी विरोधका बाबजुद सरकारको विकासप्रतिको दृढ सन्कन्प प्रशंसनीय नै छ । तथापि सरकारकाे उपस्थिति सहर र गाउँमा फरक छ । सहरीया जीवन शैली र गाउँको वातावरणमा निकै भिन्नता हामी पाउँछाे । चेतनाको स्तर पनि फरक फरक छ । सहर उच्च जीवनशैली र रमझम मै मस्त रहन्छ । गाउँका वेदनाहरु फरका छन् ।गाउँका रोदन आफ्नै छन् ।
विकासले अझै पनि सहर भन्दा गाउँ धेरै नै पछाडि नै छ । प्रतिनिधि पनि धेरै जसो सहर केन्द्रित नै देखिन्छन् । चुनावी अभियानमा गाउँ पस्नु र जितेसी सहरमा रमाउने गरेका छन् । सहर केन्द्रित मानिसहरू व्यापार व्यवसाय र आफ्नै काम काज रमझममा व्यस्त देखिन्छन् । जसले गर्दा राजनैतिक चेतना अझै पनि सहरमा तेती पाको तरिकाले बिकासित भएको देखिँदैन ।
गाउँ घरको संघर्ष र जनताको दुःखले हुन सक्छ गाउँले जीवनमा राजनैतिक चेतनाको विकास बढी मात्रामा नै भएको भने देखिन्छ । जातजाति बहुभासी विभिन्न धर्म र सम्प्रदायले भरिएकाे छ हाम्रो देश । हिन्दु , बुद्धिस्ट, मुसलमानदेखी विभिन्न जातजाति र भासाभासीको बसोबास रहेको छ यहाँ ।
विविधतामा एकता हाम्रो राष्ट्रको मूल नारा नै हो । तथ्याङ्क नै हेर्ने हो भने प्रस्ट हुन्छ । तर पनि कति कुरोमा विभेद भने अझै बाँकी नै छ । केही जाती र धर्म पछाडि परेका छन् । केही अगाडि छन् । जातीय युद्ध नेपालले आजसम्म भोग्नु परेको छैन । जातीय द्वन्द्व नहोस् पनि तर सतर्कता अप्नाउन जरुरी देखिन्छ । जातीय अपहेलन नै जातीय द्वन्द्व मुख्य कारक हो भन्ने कुरालाई सबैले मनन् गरिनु पर्छ ।
हुन त द्वन्द्व प्रोपागान्डा समाजमा राजनैतिक र धार्मिक हिसाबले विगतमा नभएका होइनन् । द्वन्द्व विकासको लागि ठुलो बाधकको भन्ने कुरामा कसैकाे दुइमत हुँदैन । । आम जनता सचेत रहनु नै बुद्धिमानी हुन्छ । जातीय तथा धार्मिक द्वन्द्व भड्काउने तत्त्वबाट बच्नु नै उचित हुन्छ । समग्र राष्ट्रको विकास र उन्नत राजनीतिक चेतना नै जातीय विभेद हट्ने प्रमुख तत्त्व हो ।
तसर्थ हामी आम नागरिक सम्पूर्ण जातजाति, धर्म, लिङ्ग भेषभुषा सबै मिलेर अघि बढ्नुकाे बिकद्यप छैन् । राजनैतिक चेतना जब सम्म प्रत्येक जनतामा निखारेर विकास हुँदैन तब सम्म हामी सक्षम प्रतिनिधि चयनमा चुक्ने छौ । विकासको निमित्त ठुलो बाधक हुनेछ । राष्ट्रिय हित ,प्रजातन्त्रको रक्षा सङसङै बिक्कउन्मुख समाज आजको आवश्यकता हो । तसर्थ स्वावलम्बी नागरिक भएर राजनीतिक चेतनाको विकास सङसङै राष्ट्रिय प्रगति गर्नु नै हामी सबैको दायित्व हो । यसलाई गम्भीर तरिकाले बुझ्नु नै हाम्रो लागि ठुलो शिक्षा हुनेछ ।