प्रशान्त उप्रेती | दृष्टिकोण | जेठ १८, २०७७
म एक प्रवासी नेपाली हुँ। मेरो जन्म कथित बाहुन परिवारमा भएको हो । छिमेकी हाम्रा पनि थिए। जनयुद्धमकाे मारबाट देश तहस नहस बनेपछि उज्ज्वल भविष्य खोज्न म परदेशिएको थिए । देशमा परिवर्तन आएको छ रे भन्ने मा विश्वास थिए । करिब दशक भन्दा बढी नै भो नेपाल छोडेको। तर अब देशमा परिवर्तन भएको विश्वास रहेन ।
माथि उल्लेखित तस्बिरले हजारौँ प्रश्न जन्माइ रहेको छ । भाइ नमरा भेट त सम्भव भएन यो जुनीमा हाम्रो। तिमीलाई हार्दिक समवेदना ! तर पनि दाजुभाइ गुमाउनु पर्दाको पिडा भोगी सकेकोले ठुलो शोकमा छु। पिडाको गहिराइ म राम्ररी बुझ्दछु।
एक्कासि सामाजिक सञ्जाल मा तिम्रो फोटो देखे। मेरो मन मन कुँडियो, जिउ गल्यौ, हात खुट्टा काँपे, मन भारी भएर आयो ।
सामाजिक सञ्जाल रहेको यो हाँसोले आज मलाई व्यंग गरिरहेको छ। खोइ ! 'मलाई युद्ध गर प्रेम होइन' भनेको जस्तो भान भइरहेको छ। खोइ के भनूँ ?
त्यो टोपीमा त झन् सिङ्गो राष्ट्र बोकेको देख्छु । झन्डाको त कुरै नगरूँ ! म शब्द हीन छु अर्थात् निःशब्द छु । म लज्जित छु। मेरा देशका दूरदर्शी नेता सेटे लाइट मा खोइ के जाती यन्त्र पठाऊदैछु भन्थे ! युरोप, अमेरिकामा भएका नेपाली को सुरक्षा गर्छु भन्थे ! हाम्रो मुलुक के के नाना थरी भेदभाव विहीन मुलुक बनाई सकेको छ भन्थे ! देशमा आमूल परिवर्तन आएको छ भन्थे भाषणमा !
अछुतले सिलाएको जुत्ता पहिरिएर उ अग्लो प्रतिष्ठित बन्छ। मौका पर्न साथ त्यही जुत्ताले टेक्छ दलितको छाती माथि । शुभ मुहूर्तमा पन्चे बाजा त्यही दमाईले बजाउँदा शुभ साइत हुन्छ। सीमा जोगाउन गोर्खेले बोकेको सिरुपाते खुकुरी यही अछुतले बनाएको चल्छ । आज त्यही खुकुरीको आडमा अङ्ग्रेज लाई छप्काएर स्वाभिमान नेपाली बनेर ' वीर गोर्खाली ' सानका साथ कहिल्यै नझुक्ने नेपाली भएर बच्न प्रख्याती कमाएको छ ।
आज देशमा नै बेकसुर प्रेमको बहानामा जतियताका आधारमा ज्यान गुमेको छ । हरेक प्राणी मर्नु त एक दिन छदैछ जन्मेपछि । तर खोइ ! बुहारी भित्र्याउन आँगन पोती बसेकी आमाको पिडा म के बुझुन् ? म पुरुष हुँ। मन केही कठोर छ। बाउको पिडा अलि अलि आकलन गर्न सक्छु। म लज्जित छु। संविधानबाट राजा हटाउन सक्ने नेता हो अब दलित शब्द हटाउन केले छेकेको छ । जात वर्ण माथि राजनीति ! भो ! अब भेदभाव को अन्त्य गर !
कति सम्म भने वर्ष भरिको लागि अन्नपात त्यही अछुतले खेतबारीबाट ल्याई भित्राएको भकारीमा भर्छ । त्यही अन्नपात वर्ष भरि सन्तान लाई खुवाउँछ। समाज कति साँगुरो र निर्दयी सोचको छ हँ। जन्मना साथ लगाउने पहिलो भोटोसम्म त्यही कथित 'अछुत'ले सिएको पहिराइन्छ र सन्तान आगमनको खुसीयाली मनाइन्छ। दुलाहाले दुलहीलाई लगनमा लगाइदिने साइतको मङ्गल सूत्र त्यही 'अछुत'को हातले बनाएको शुभ साइत भनी पहिरिन्छ वा पहिराइन्छ । अनि भनिन्छ 'अज्जम्बरी'को साइनो जोडिएकाे भनिन्छ । त्यतीमात्र कहाँ हो र भगवानका मूर्ति तिनैको हात बाट बनेको मन्दिर मा देवता बनेर बस्छन्। कति मन्दिर पनि यही दलितले नै बनाएका छन् । गजुरमा बुट्टा त्यही दलितले भर्छ। तर मन्दिरमा उसले प्रवेश पाउँदैन। धर्म एकै हो सबैको हिन्दु धर्म भनिएका अछुतको पिन र कथित ठुला जात भनिएकाको पनि !
अछुतले सिलाएको जुत्ता पहिरिएर उ अग्लो प्रतिष्ठित बन्छ। मौका पर्न साथ त्यही जुत्ताले टेक्छ दलितको छाती माथि । शुभ मुहूर्तमा पन्चे बाजा त्यही दमाईले बजाउँदा शुभ साइत हुन्छ। सीमा जोगाउन गोर्खेले बोकेको सिरुपाते खुकुरी यही अछुतले बनाएको चल्छ । आज त्यही खुकुरीको आडमा अङ्ग्रेज लाई छप्काएर स्वाभिमान नेपाली बनेर ' वीर गोर्खाली ' सानका साथ कहिल्यै नझुक्ने नेपाली भएर बच्न प्रख्याती कमाएको छ ।
भोट चल्ने , नोट चल्ने , श्रम चल्ने ,रगत चल्ने , लेनदेन चल्ने, व्यापार चल्ने ,गीत चल्ने ,कला चल्ने , खेलाडी चल्ने तर पानी किन नचल्ने ?
खोइ ! कहाँ छ यसको रहस्य अनि कारण ?
राष्ट्र सेवा (नेपाल प्रहरी) मा पहिलो चरणमा छनौट भई सकेका उनी के गरी राष्ट्र र समाज विरोधी भए ? उनी लगायत लाई निर्घात कुटपिट हुँदा किन प्रहरी प्रशासन मुख दर्शक भएर बस्यो ? आपराधिक तवरले ढुंगामुडा गरी ,घरेलु हातहतियार प्रयोग गरी निर्लज्ज रूपमा हत्या प्रहरीको सम्मुखमा भयो ।
पटक पटक प्रेमिका २र ३ दिनसम्म नमरा को घरमा बस्दा परिवारलाई यो घटना अघि समस्या भएन ? आज एक्कासि ज्यान नै मार्नु कति उपयुक्त थियो त्यो पनि कथित सानो जातको भएकै आधारमा २१ यों शताब्दीमा !
पेरिस, फ्रान्स