सीताराम नेपाल | साहित्य | जेठ २४, २०७७
१.लिपु लिम्पिया
नेपालको माटो त्यो
युगौँदेखिको
२.मिच्ने थिच्ने ऊ
होइन भनी भनी
कति सहनु
३. मेरो धरा त्यो
प्राणभन्दा प्यारो छ
छुन दिन्न म
४.कालो बाँदर
कालापानीमा पस्यो
लखेट्न जाउँ
५. मिचाहा साँढे
बलियो बाङ्गो होला
खेदौ मिलेर
६.तातो रक्तले
माटो भिजोस बरु
छोडिन्न बैरी
७.परेकाबेला
माखो नमार्ने
हुन्न सपुत
८. कम्मर कसौँ
बलभद्र सम्झेर
सीमा रक्षार्थ
९.ऊ त मेरै थ्यो
भान्सामा पुग्यो जब
बिरानो भयो
१०. अघि बढ्यो ऊ
काम भने उसको
कछुवा गति