लोकसंवाद संवाददाता | कारोबार | जेठ २५, २०७७
पर्सा । छिपहरमाई गाउँपालिका-५ भिष्वाबाट भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको करिब १ लाख ५ हजार मूल्य बराबरको ५५ थान कडाई साडी सहित पकाहामैनपुर गाउँपालिका-५ बस्ने ४२ वर्षीय टुना पाण्डेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भिष्वा पर्साबाट खटिएको प्रहरीले भन्सार छली ल्याउँदै गरेको २ वटा बोरामा रहेको उक्त साडीहरु सहित फेला पारी पाण्डेलाई पक्रउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।