सन्धिखर्क नगरपालिकाका पदाधिकारीमा कोरोना संक्रमण भएसँगै  कार्यालय बन्द

सन्धिखर्क नगरपालिकाका पदाधिकारीमा  कोरोना संक्रमण भएसँगै  कार्यालय बन्द

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७७

 अर्घाखाँची ।  सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय आजदेखि बन्द हुने भएको छ । नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाब संकलन गरी परिक्षणका लागि पठाइने र पिसिआर रिपोर्ट नआउँदासम्म सेवा सञ्चालन बन्द गरिने भएको छ । 

यस्तै नगरपालिकामा पछिल्ला १० दिनसम्म नियमित कामकाजमा खटिएका सम्पूर्ण कर्मचारीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ । पिसिआर रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।