लोकसंवाद संवाददाता | समाचार | जेठ २८, २०७७
बाँके । बागेश्वरी टेलिभिजनले मंगलबार बाँके जिल्लाका गाऊँपालिकाका क्वारेन्टाईनहरुमा स्वास्थ्य सामाग्रि वितरण गरेकोछ ।
नेपालगन्जबाट प्रशारण भईरहेको उक्त टेलिभिजनले कोभिड १९ संक्रमण नियन्त्रणमा स्थानीय तहले गरेको ब्यवस्थापन र कम्जोरीका विषयमा निरन्तर खोजमुलक समाचार र अन्य कार्यक्रम प्रशारण गर्दै आईरहेको छ ।
जिल्लाका अधिकाशं क्वारेन्टाईनमा मास्क र स्यानटाईजर पुर्याउन सके मात्रै पनि कोभिड नियन्त्रणमा सहयोग हुन सक्ने देखेकाले यो प्रयास गरेको टेलिभिजनका अध्यक्ष लक्ष्मी नारायण शाहले बताउनुभयो । अध्यक्ष शाहले रहेका जिल्ला भरीका क्वारेन्टाईनमा स्वास्थ्य सामाग्रि उपलब्ध गराउने समेत बताउनुभयो । उहाँले बागेश्वरी टेलिभिजनले सामाजिक उत्तरदायीत्व समेत बहन गर्न खोजेको बताउनुभयो । टेलिभजनका प्रबन्ध निर्देशक बसन्त शर्माले सकेजति हामी जिल्लाका सबै क्वनरेन्टाईनमा स्वास्थ्य सामाग्रि उपलब्ध गराउने प्रयासमा रहेक छौं ।
बाँके जिल्ला भरी समाचार संकलनमा हिंडेपछी क्वारेन्टाईनहरुमा स्वास्थ्य सामाग्रिको अभाव देखेपछी हामीले स्वास्थ्य सामाग्रि वितरण गर्ने सोंच बनाएको समाचार प्रमुख नरेन्द्र थापाले बताउनुभयो ।
बागेश्वरी टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाह, प्रबन्ध निर्देशक बसन्त शर्मा,समाचार प्रमुख नरेन्द्र थाप, ब्यवस्थापक चेतकान्त भट्टराई,कार्यक्रम प्रस्तोता प्रिया स्मृति ढकाल,विनोद गौतम सहितको टोलि स्वास्थ्य सामाग्रि वितरणमा रहेका छन् ।
मैटहवा राष्ट्रय उच्च मा वि मा वि, नेरा प्रावि तिर्खा, अम्मर मावि, शुक्र मा वि, योगिनि मावि, नेपाल राष्ट्रिय आधारभूत, नेपाल राष्ट्रिय प्रावि चम्कदारपुर, पशुपति मावि, मनकामना आधारभूत विद्यालय, श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय डि गाउँ र आदर्श माविमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
मेरो नेटवर्क मार्फत देशभरी प्रशारण भईरहेको यो टिभि च्यानलको प्रधान कार्यालय नेपालगन्जमा रहेको छ ।