लोकसंवाद संवाददाता | समाचार | जेठ २८, २०७७
एएफपी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या ४ लाख १३ हजार ७६० पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार बुधवारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ६ हजार ९० जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित ३३ लाख ६ हजार ३४६ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५४ हजार २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ४५ हजार ७१५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १४ हजार १५१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १२ लाख १९ हजार ७२३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५२ हजार ८५७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ३३ हजार ६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३८ हजार ५७३ जनाको मृत्यु भएको छ ।
युरोपमा २१ लाख २५ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ८० हजार २०८ को मृत्यु भएको छ । एसियामा १४ लाख ३२ हजार ३२७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ३६ हजार ४१५ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ५ हजार ८८९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ५ हजार ५६८ जनाको मृत्यु भएको छ ।
ओसियानामा ८ हजार ८८५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।